Ad image

रोल्पामा लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता २०७९ को उद्घाटन

मालश्री खबर
मालश्री खबर २२ माघ २०७९, आईतवार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,माघ २२ रोल्पा। रोल्पामा परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता २०७९ को उद्घाटन भएको छ।प्रतियोगिताको परिवर्तन गाउँपालिका-५ पुतलाचौरमा आइतबार एक कार्यक्रमका बीच उद्घाटन भएको हो।”आईटीएफ तेक्वान्दो खेलसँगै पर्यटनको विकास सबैको चाहना,परिवर्तन गाउँपालिकाको समृद्धि हाम्रो कामना”भन्ने मुल नाराका साथ रोल्पा आईटीएफ तेक्वान्दो संघको आयोजना तथा परिवर्तन गाउँपालिकाको मुख्य प्रायोजनमा माघ २२ गते देखि २४ गतेसम्म परिवर्तन गाउँपालिक ५ पुतलाचौर राङ्कोट रोल्पामा परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता २०७९ जारी रह्ने आयोजकले बताएको छ।

प्रतियोगितालाई सफल बनाउन राजनीति दलका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि,खेलप्रेमी मानुभाब,बुद्धिजीवी,समाजसेवी,खेलाडी, पत्रकार,सुरक्षाकर्मी,शिक्षक,विद्यार्थी,मयुर नाच,पैसेरु नाच,आमा समूह,विभिन्न झाँकी समूह लगायतको सहभागिता रहेको थियोे।रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाँठामगरको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुन मगर(सिजल)को प्रमुख आतिथ्यता र परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर(थमन), प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचीव जय प्रकाश भट्टराईको विशिष्ट आतिथ्यता लगायत अन्य अतिथीहरुको आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो।

रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघका सचीव कृष्ण बाँठामगरको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा शुभकामना मन्तव्य राख्नेमा रोल्पा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तीमगरले प्रदेश स्तरीय खेलकुद आयोजना गर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका पहिलो भएको समेत बताउनुभयो।नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगरले परिवर्तन गाउँपालिकाले खेलकुदको विकासको लागि महत्त्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो भने खेल जित्नु मात्र नभएर हार्नु पनि खेलभएको बताउदै,प्रदेशलाई नै खेलकुदको माध्यम बाट चिनाउन समेत आग्रह गर्नुभयो।नेकपा रोल्पा जिल्ला सदस्य भक्त बहादुर रिजालले प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा आफ्नो पालिकामा हुनु महत्त्वपूर्ण भएको समेत बताउनुभयो।नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका सचीव कर्ण बहादुर बुढा मगरले खेलकुदको माध्यमबाट यो पालिकालाई चिनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो।

- Advertisement -
Ad image

नेकपा एमाले जिल्ला समिति रोल्पाका सदस्य कर्ण बहादुर घर्तीले खलकुदलाई सानो रूपमा नलिएर स्वास्थ्यको लागि र राष्ट्रको लागि खेलकुद आवश्यकता रहेको समेत बताउनुभयो।नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाका सभापति खड्क घर्ती मगरले परिवर्तन गाउँपालिकाले खेलकुद क्षेत्रमा राम्रो कार्य गरेको समेत बताउनुभयो।परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले परिवर्तन गाउँपालिकालाई खेलकुद मैत्री,खेलकुद क्षेत्रलाई हव्ब बनाउने अभियानमा रहेको समेत बताउनुभयो।परिवर्तन गाउँपालिकाका पूर्व उपाध्यक्ष हित कुमारी बुढा मगरले आफूहरू सत्तामा हुँदा पनि प्रदेश स्तरीय खेलकुद गर्न सफल भएको बताउदै यो दोस्रो पटकको प्रदेश स्तरीय खेलकुद प्रतियोगिता पनि भब्य रूपमा सफल हुने समेत बताउनुभयो।

परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले खेलकुद क्षेत्र उच्च स्तरमा हुने बताउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा खेलकुद क्षेत्रले चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले अब परिवर्तन गाउँपालिकालाई पनि चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभयो। प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य ११ जिल्लाको मात्र सहभागी भएको र दाङ जिल्ला बाट परिक्षाका कारण सहभागी हुन नसकेको बताइएको छ।प्रतियोगितामा तौल अनुसार बाट खेल खेलाउने समेत बताइएको छ।कार्यक्रमको सञ्चालन चिज बहादुर विकले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array