Ad image

रोल्पाको परिवर्तन गाउँपालिकालाई खेलकुद मैत्री पालिकाको रूपमा आफूले पाएको-भट्टराई

मालश्री खबर
मालश्री खबर २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,माघ २२ रोल्पा । परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता उद्घाटनको विशिष्ट अतिथीको रूपमा बोल्दै प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचीव जय प्रकाश भट्टराईले रोल्पाको परिवर्तन गाउँपालिकालाई खेलकुद मैत्री पालिकाको रूपमा आफूले पाएको बताउनु भएको छ।कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका भट्टराईले खेलकुद क्षेत्रमा यहाँका नागरिकले देखाएको रुचि राम्रो भएको समेत बताउनुभयो।

 

नेपालमा संघीय लोकतन्त्र व्यवस्था आएको बताउदै,संघ,प्रदेश तथा स्थानीय तह स्थापना भएको समेत बताउनुभयो।खेलकुदमा भएको नीतिगत समस्यालाई समाधान गर्न प्रदेश खेलकुद परिषदले महत्त्वपूर्ण भूमिका खेलेको बताउदै प्रदेशबाट खेलकुद क्षेत्रमा कुनै सहयोग नभएको समेत बताउनुभयो।अहिले केही स्थानीय तहले प्रदेश खेलकुद परिषदको नीति नियम बिनानै राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता लगायत अन्य प्रतियोगिता सञ्चालन र सम्पन्न गरेको समेत बताउनुभयो।साथै प्रदेश परिषद बाट खेलकुद नीति प्रारित हुने बताउदै कर्मचारी समायोजनमा समेत प्रदेशले ध्यान नदिएको समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

Array