Ad image

आफ्नो पालिकामा प्रदेश स्तरीय खेलकुद आयोजना हुनु ऐतिहासिक भएको-पालिका अध्यक्ष बुढामगर

मालश्री खबर
मालश्री खबर २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,माघ २२रोल्पा। परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर(थमन)ले विशिष्ट अतिथीको रूपमा बोल्दै आफ्नो पालिकामा प्रदेश स्तरीय खेलकुद आयोजना हुनु ऐतिहासिक भएको बताउनु भएको छ।परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिता उद्घाटनको विशिष्ट अतिथी समेत रहेका बुढा मगरले परिवर्तन गाउँपालिकामा लुम्बिनी प्रदेश स्तरीय खेलकुद आयोजना गरेर प्रदेश भित्रको जिल्लाबाट खेलाडीलाई सहभागी गराएर प्रतिस्पर्धा गराउन पाउँनु आफैमा महत्त्वपूर्ण भएको बताउनु भएको हो।

साथै खेलकुद विकास सँग जोडिएको बताउदै अर्थन्त्रसँग पनि जोडिएको कुरा भएको समेत बताउनुभयो । पर्यटनसँग जोडनु पनि आर्थिक तन्त्रमा जोडिएको समेत बताउदै परिवर्तन गाउँपालिका समृद्ध पालिका नमूना पालिका बन्नेमा आफू विश्वस्त भएको समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

Array