Ad image

रोल्पा जिल्ला भौगोलिक हिसाबले दुर्गम भएको-पुनको दाबी

मालश्री खबर
मालश्री खबर २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,माघ २२रोल्पा । परिवर्तन गाउँपालिका अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो आईटीएफ प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्र कुमार पुन(सिजल)ले रोल्पा जिल्ला भौगोलिक हिसाबले दुर्गम भएको बताउनुभयो।कार्यक्रम उद्घाटन समारोहको प्रमुख अतिथि समेत रहेका पुनले कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो।

आज रोल्पाको दुर्गम ठाउँमा त्यो पनि अझ रोल्पाको पनि दुर्गम ठाउँ परिवर्तन गाउँपालिकामा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरेर बाँके,बर्दिया,रुपन्देही, अर्घाखाँची, प्युठान, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम पूर्व लगायतका जिल्लाका खेलाडीलाई सहभागी गराएर गाउँपालिकाको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो।

साथै भौतिक लगानी तत्कालै देखिने र खेलकुदको लगानी बीस बर्षपछी मात्र देखिने समेत बताउनुभयो।साथै परिवर्तन गाउँपालिकामा भएको प्रतियोगिताको बीस,पच्चीस बर्षपछि यो समय यो प्रतियोगिता रोल्पाको परिवर्तन गाउँपालिकामा भएको थियोे हैं भन्ने स्मरण हुने समेत बताउनुभयो।अहिले धेरै जनताको बुझाई कुनै भौतिक निर्माणको कार्य,खानेपानी,शिक्षा,स्वास्थ्यमा भएको विकासलाई मात्र देख्ने गरेको र अरु राष्ट्रका लागि गरेका कार्यहरू नदेख्ने गरेको समेत बताउनुभयो।पालिकाले अहिले गरेको लगानीको अबको दस,बीस बर्षपछी मात्र आउने समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्