Ad image

बहिरंग उपचार केन्द्रको २ दिने समिक्षा बैठक लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २२ माघ २०७९, आईतवार
2 Min Read
Aa

राजेश समर्पण नेपाली, २१ माघ । बहिरंग उपचार केन्द्रको २ दिने समिक्षा बैठक रोल्पाको लिबाङमा सम्पन्न भएको छ । १० वटै पालिकामा सन्चालन भइरहेको बहिरगं उपचार बारे शिघ्र कुपोषण एकिकृत ब्यवस्थापन को बारेमा दुइ दिने समिक्षा बैठकको आयोजना गरिएको हो । स्वास्थ्य कार्यालय रोल्पाको आयोजना, रुडास नेपाल रोल्पा र सुआहारा कार्यक्रकमको आर्थिक तथा प्रबिधिक सहयोगमा दुइ दिने समिक्षा बैठके आयोजना गरिएको  स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यलय रोल्पाका प्रमुख नोखराज पोख्रेलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा १० वटै पालिकाका स्वास्थ्य संयोजक र १० वटै पालिकाका बहिरंग उपचार केन्द्रका प्रमुख र पोषण फोकल पर्सनहरुको  सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्य अथितिहरुमा जिल्ला अस्पतालका एम.डीजीपी डा. रण बहादुर बोगटी, स्वास्थ्य कार्यालय रोल्पाका परिवार नियोजन सुपरभाइजर निरिक्षक कुमार थापा, रुडास नेपाल रोल्पाका अध्यक्ष भिम बहादुर घर्ति, सुआहारा कार्यक्रमका कृषि बिज्ञ अर्जुन श्रेष्ठ, कार्यक्रम संयोजक टेकेन्द्र घर्ती लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको मुख्य प्रशिक्षक सुआहारा कार्यक्रमका अमृत पौडेलले समुदायमा रहेका कुपोषण पत्ता लगाउने बिधिहरुको बारेमा छलफल गराउनुभएको आयोजकले बताएको छ ।

यसका साथै पोषण सेवा गुणस्तर सुधारको चेकलिष्टलो बिषयमा प्रशिक्षण गरिएको थियो ।  समापन कार्यक्रममा बोल्दै कार्यालय प्रमुख पोख्रेलले यसको स्तरोन्नती एबं आवश्यक जनशक्ती व्यवस्थापन गरि प्राथमिक बहिरंग सेवा समेत पालिका बाट  उपलब्ध गराउनका लागि पहल गर्नुे पर्ने बताउनु भएको छ  । समापन कार्यक्रमको सन्चालन कार्य जन स्वास्थ्य निरिक्षक कृष्ण पोख्रेलले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्