Ad image

नेपाल मगर विद्यार्थी संघ रोल्पाको तेस्रो पुर्ण बैठक लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २१ माघ २०७९, शनिबार
2 Min Read
Aa

चन्द्र रोकामगर / मालश्री खबर, माघ २१ रोल्पा ।

नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिती रोल्पाको तेस्रो पुर्ण बैठक रोल्पाको लिबाङमा सम्पन्न भएको छ । बैठकले केहि समय अगाडी भएको प्रदेश अधिबेशन तथा राष्ट्रिय महाधिवेशन को समिक्षा गरेको संघका जिल्ला सचिव चन्द्र रोकामगरले जानकारी दिनु भएको छ । बैठकमा संघको सदस्यता काड छपाइ , संघको राष्ट्रिय महाधिवेशनमा रोल्पा जिल्ला बाट निर्बाचित खुला उपाध्यक्ष नरेन्द्र घर्तीमगर ,अथार मगरात उपाध्यक्षमा हर्क घर्तीमगर निर्बाचित भएकोमा उँहाहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको बताइएको छ ।


हाल सम्म संघको पालिका अधिबेशन नभएको पालिकाहरुमा फाल्गुण को पहिलो हप्ता भित्रमा गरिसक्ने निर्णय पनि गरिएको छ । संघको प्रदेश कमिती सदस्यमा जिल्ला का कोषाध्यक्ष दिलकुमारी घर्तीमगर लाई पठाउने र रोल्पाली मगर विद्यार्थी को समग्र शैक्षिक पक्ष लाई अगाडि बढाउनको लागि संघको पहलमा अक्षकोष निर्माण कार्यबिधी तयार गर्ने बारेमा समेत छलफल भएको छ । जिल्लामा रहेका बिभिन्न बिद्यालय ,क्याम्पस तहमा जिल्लामै उत्कृष्ट हुने विद्यार्थी हरुलाइ सम्मान गर्ने, लोकसेवा कक्षा संचालन गर्ने लागयत को कार्य गर्ने अक्षकोष स्थापनाको उदेश्य रहेको बताइएको छ ।


उक्त बैठकमा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिती का उपाध्यक्ष नरेन्द्र घर्ती मगर ,नेपाल मगर संघ रोल्पाका अध्यक्ष कुम पुन मगर ,विद्यार्थी का सल्लाहकार स्मृति रोका मगर,धुर्ब चन्द्र पुनमगर, विद्यार्थी का प्रदेश सचीव झकेन्द्र रोका मगर ,प्रदेश सदस्य तथा जलजला बहुमुखी क्याम्पस समितिका इकाई अध्यक्ष शान्ता पुन मगर ,नेपाल मगर खेलकुद संघ केन्द्रिय समितिका सह कोषअध्यक्ष प्रशुनारायन बुढा मगर ,खेलकुद संघकै केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज श्रीमान घर्ती मगर ,विद्यार्थी का पुर्ब जिल्ला सह सचीव राकेश बुढा मगर र जिल्ला कार्य समिती का पदाधिकारीहरुको उपस्थिति मा सो बैठक सम्पन्न भएको नेपाल मगर बिद्यार्थि संघ रोल्पाले रेडियो मालश्रीलाई जानकारी दिएको छ । नेपाल मगर विद्यार्थी संघ रोल्पाका अध्यक्ष रामकुमार बुढा मगरको अध्यक्षतामा भएको बैठकको सञ्चालन नेपाल मगर विद्यार्थी संघ रोल्पाका सचिव चन्द्र रोकामगरले गर्नु भएको थियो ।

- Advertisement -
Ad image

  

प्रतिक्रिया दिनुहोस्

Array