Ad image

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेद्धारा पत्रकारहरु सँग भेटघाट

मालश्री खबर
मालश्री खबर २० माघ २०७९, शुक्रबार
2 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, माघ २० रोल्पा ।
रोल्पा जिल्लामा भर्खरै सरुवा भएर आउनु भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे शुक्रबार जिल्लामा क्रियाशिल पत्रकारहरु सँग भेटघाट गर्नु भएको छ ।यस अघि रुकुम पश्चिम जिल्लामा प्रमुख जिल्ला अधिकारी रहनु भएकोे घिमिरे माघ १८ गते मात्र रोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आउनु भएको थियो । रोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आए पछि प्रजिअ अधिकारीले जिल्लाको सम्रग बस्तु स्थितीको जानकारी लिउनको लागी पत्रकारहरु सँग भेटघाट गरेको जानकारी दिनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सँगको भेटघाट कार्यक्रममा बोल्ने पत्रकारहरुले रोल्पा जिल्लाको सम्रग बस्तु स्थितीको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा बोल्ने अधिकांस पत्रकारहरुले रोल्पा जिल्लामा पछिल्लो समय आत्महत्या, बालविबाह, लागु पदार्थ ओसारपसार, सम्बन्ध बिछेद, लगाएतको घटना दरलाग्दो अबस्थामा देखिएकाे भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेलाई यसलाई समयमै नियन्त्रण गर्नु पर्नेमा सुझाब दिएका थिए । जिल्लामा बिकासे आयोजनाहरु समयमा सम्पन्न नहुने, स्थानिय तहमा र सरकारी कार्यालयहरुमा समयमा सेवाग्राहिहरुको काम नहुने र पछिल्लो समय अनियमिता समेत बढ्दै गएको बारेमा समेत प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका थिए ।

जिल्लामा संचालित सार्बजनिक सवारी साधनहरुमा भाडा दरमा एक रुपता नभएको र ग्रामिण रुटमा संचालन हुने सवारी साधनहरुले गाडीको छटमा समेत यात्रु राखेर जोखिम पुर्ण यात्रा गराने गरेको समेत प्रजिअ घिमिरेलाई जानकारी गराइएको नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

पत्रकारहरुको सुझाब एंव जिज्ञासा मेताउने क्रममा प्रमुख जिल्ला अधिकारी परमान्नद घिमिरेले आफु यि बिषयहरुमा गम्भिर भएको बताउनु भएको छ । रोल्पा जिल्लाको समग्र विकास र नागरिकको शान्ति सुरक्षा कायमको लागी आफु कहिल्यै पनि कसै सँग कुनै सम्झौता नगर्ने बताउनु भएको छ ।

जिल्लामा सुशासन, शान्ति सुरक्षा र बिकास निर्माण आफ्नो पहिलो  प्राथमिकता रहेको बताउनु भएको छ । यसको लागी पत्रकारहरुको पनि अत्यन्तै महत्वपुर्ण भुमिका रहने भन्दै आफुलाई कलमको माध्यम बाट सहि बाटो देखाइदिन समेत आग्रह गर्नु भएको छ । भेटघाट  कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, संस्थापक अध्यक्ष काशिसाम डाँगी, पुर्ब अध्यक्ष खेमबहादुर बुढा, निबर्तमान अध्यक्ष महेश न्यौपाने लगाएत जिल्लामा क्रियाशिल पत्रकारहरुकोे सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array