Ad image

प्याब्सन रोल्पाको पेशागत क्षमता विकास तालिम आजबाट सुरु

मालश्री खबर
मालश्री खबर २० माघ २०७९, शुक्रबार
3 Min Read
Aa

राजेश समर्पन नेपाली
प्याब्सन रोल्पाले आयोजाना गरेको २ दिने पेशागत क्षमता विकास तालिमलाई सम्बोदन गर्दै रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तिले यो तालिम महत्वपुर्ण रहेको बताउनुभएको छ । शिक्षा क्षेत्रमा परिवर्तनका लागि शिक्षकहरुलाई तालिमको आवश्यक रहेको समेत थापाको भनाई रहेको छ ।

स्थानीय सरकारबाट रोल्पा नगरपालिकामा पनि डेरी खुलेको छ, उहाँले भन्नुभयो, सरकारी स्कुल र आवासीय विद्यायल विच फरक रहेको छ, हामीले सबै विद्यालयलाई एउटै दृष्टिबाट हेरेका छौं, कसैलाइै आग्रह र पुर्व आग्रह गरेका छैनौ , स्थानीय सरकारबाट कहिले पनि नेगेटिभ सोच हुदैन, रोल्पामा सरकारी विद्यालयले मात्र नभएर आवासीय विद्यालय पनि आवश्यक रहेको समेत बताउनुभएको छ ।

यो तालिमले तालिम लिन आएको शिक्षकहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नमा टेवा पुग्ने समेत बताउनुभएको छ । शिक्षकहरुको क्षमतालाई बृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएकाले ब्यवहारीक शिक्षा प्रदान गर्नमा तालिम पश्चात शिक्षकहरुलाई सहज हुने उहाँले बताउनुभएको छ । शिक्षकहरुलाई तालिम, तालिममा मात्र सिमित नभई व्यावहारमा पनि लागु गर्न नगर प्रमुख थापाले आग्रह समेत गर्नु भयो ।

प्याब्सन रोल्पाका सल्लाहकार कृष्ण बहादुर घर्तिले रोल्पामा निजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन खोल्न धेरै संघर्ष गरेको बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोल्पामा निजि विद्यालयहरुले गरेको योगदान प्रति अत्यन्तै खुशि समेत व्यक्त गर्नु भयो ।

- Advertisement -
Ad image

उहाँले छोरा मान्छे भनेको क र छोरी मान्छे भनेको ख भएकाले छोरा छोरीमा कुनै विभेद नगर्न समेत आग्रह गर्नु भयो । रोल्पालाई चिनाउनको लागि रोल्पाली जनतानै लागि पर्नु पर्ने भन्दै सल्लाहकार घर्तिले पहिलेको राप्ती अञ्चल अहिलेको लुम्बिनी प्रदेशको दाङ पछिको ठुलो जिल्ला रोल्पालाई चिनाउन सबै लाग्नु पर्ने प्रतिकृया दिनु भयो । निजि तथा आवासीय विद्यालयले जनतालाई शिक्षा क्षेत्रमा सेवा दिइरहेको भन्दै घर्तीले ज्ञान बाढ्दैमा कहिले पनि कम नहुने भएकाले सके सम्म धेरै भन्दा धेरै ज्ञान बाड्नु पर्ने धारणा समेत राख्नु भयो ।

तालिम २ दिनसम्म चल्ने प्यावशन रोल्पाले जानकारी दिएको छ । कार्यक्रमको अध्यक्षमा प्यावशन रोल्पाका अध्यक्ष नौलसिंह पुन रहनुभएको थियो । कार्यक्रमको प्रमुख अथितिमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ति, विशिष्ट अथितिमा प्याब्सन रोल्पाका सल्लाहकार कृष्ण बहादुर घर्ति रहनुभएको थियो । कार्यक्रमको अन्य अथितिमा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, रेडियो मालश्रीका राजेश समर्पण नेपाली, जुनकिरी साप्ताहिकका लालकुमारी केसी लगाएत जिल्लामा क्रियाशिल संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

तालिमको प्रशिक्षकमा सहजकर्ता डी.आर भण्डारी, सावित्रा पोख्रेल  रहनुभएको छ । कार्यक्रमको स्वागत मन्तव्य प्याब्सन रोल्पाका उपाध्यक्ष मदन केसीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्याबसन रोल्पाका सचिब डिबी टुहुरोले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array