Ad image

परिवर्तन गाउँपालिकाको १४ औं गाउँसभा तथा दिउँदे अधिवेशन सम्पन्न

मालश्री खबर
मालश्री खबर २० माघ २०७९, शुक्रबार
2 Min Read
Aa

सुर्यप्रकश बुढा

रोल्पाको परिवर्तन गाउँपालिकाको १४ औं गाउँसभा तथा दिउँदे अधिवेशन सम्पन्न भएको छ । “समृद्धि, सुरक्षित, सामाजिक न्याय र सुशासन युक्त परिवर्तन गाउँपालिका“ भन्ने मुल नारालाई आत्मसात गर्दै गाउँसभा, हिउँदे अधिवेशन सम्पन्न गरेको हो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरको अध्यक्षमा भएको १४ औं गाउँसभा, हिउँदे अधिवेशन कार्यक्रममा परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपाने लगायत परिवर्तन गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, गाउँ कार्यपालिकाका सदस्य, परिवर्तन गाउँपालिकाका गाउँसभाका सदस्य र परिवर्तन गाउँपालिकाका विभिन्न विषयगत शाखामा कार्यरत प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

परिवर्तन गाउँपालिका–२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सेवा तथा क्षमता विकास समिती तर्फ गरेका कार्यहरूको प्रगति विवरण हिउँदे गाउँसभामा पेश गर्नुभएकोे थियोे । त्यस्तै परिवर्तन गाउँपालिकाका नायब सुब्बा ललित बुढा मगरले परिवर्तन गाउँपालिकाको सार्वजनिक सेवा तथा क्षमता विकास मिति २०७९ श्रावण देखि हालसम्म गाउँकार्यपालिका बाट भएका निर्णयहरुलाई अनुमोदनको रूपमा पेश गर्नु भएको थियो ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिकामा हालसम्म १२ वटा कार्यपालिकाको बैठक सम्पन्न भएको बताइएको छ । साङ्गठानीक तथा व्यवस्थापन पक्षको परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्य खिम विक्रम चन्दले स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन प्रस्तुत गर्नु भएको थियो ।२०७७÷०७८ बेरुजु परिवर्तन गाउँपालिकामा २७ वटा योजनामा बेरुजु आएको थियो भने करिब ४ करोड भन्दा बढी बेरुजु आएको थियो । २०७८÷०७९ मा आएको बेरुजु २ करोड २५ लाख रुपियाँ आएकोमा सबै बेरुजु शून्य बनाएको छ । परिवर्तन गाउँपालिकाको विभिन्न योजनाहरु संशोधन र विभिन्न निर्णयहरुलाई गाउँसभाले अनुमोदन गर्दै १४ औं गाउँसभा, दिउँदे अधिवेशन सम्पन्न भएको परिवर्तन गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array