Ad image

माग २५ गते हुने राष्ट्रिय सभा सदस्यमा आफ्नो जित सुनिश्चित छ – उम्मेद्वार कुमार दसौदी

मालश्री खबर
मालश्री खबर २० माघ २०७९, शुक्रबार
3 Min Read
Aa

माग २५ गते हुने राष्ट्रिय सभा सदस्यमा आफ्नो जित सुनिश्चित भएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा राष्टिङय सभा सदस्य उम्मेद्धार कुमार दसौदीले बताउनु भएको छ । मालश्री संम्बाद कार्यक्रममा पत्रकार गणेश केसीसंगको कुराकानिमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

उहाले माग २५ गते हुने राष्ट्रिय सभा सदस्य चुनावको लागि आफु प्रचार–प्रसारमा रहेको बताउदै आफु लुम्बिनी प्रदेशका सबै जिल्लामा पुगि मतदाताहरुसंग भोट मागेको र एक दुइ जिल्लामा मात्र पुग्न बाँकि रहेको उल्लेख गर्नुभयो । नेकपा माओबादी केन्द्रको प्रस्तावमा र राप्रपाको समर्थनमा आफुले उम्मेद्वारी दिएकाले आफ्नो जितमा कुनै कठिनाई नहुने बताउनु भयो । माओबादी केन्द्र कांग्रेससंग मिलेर चुनाव लड्दाको बेला भन्दा एमालेसंग मिलेर चुनाव लडेका बेला धेरै सिट जितेको इतिहास सुनाउदै दसौदीले हिजोका दिनमा माओबादी केन्द्रसंग पार्टी एकता भएको समेत स्मरण गर्नु भयो । केही समय दुई पार्टीको बिचमा दुरी बढे पनि अहिले एमाले र माओवादीको विचमा सुमधुर सम्वन्ध कायम रहेकाले आफुहरुको कम्युनिष्टहरु एक बनाउने विचार विचल्लि नभएको प्रष्ट पार्नु भएको छ ।

सत्ता गठबन्धन भित्र अहिले कुनै खटपट नभएको भन्दै जनताले दिएको जनमत नै यस्तै खालको भएकाले मिलाएर सरकार बनाउनु पर्ने बाध्यता भएको उहाको भनाई छ । जनताका काम कसरी प्रभावकारी र छिटो तरितो तरिकाले गर्न सकिन्छ भन्नेमा आफुहरु चिन्तीत भएको प्रतिकृया दिनु भएको छ । राजनितीमा इमान्दारीता र नैतिकता हरायो नि भन्ने पत्रकारको प्रश्नमा दसौदीले इमान्दिाररिता सबैले आफ्नो ठाउँमा पालना गर्नुपर्ने बताउदै कहिले कुरा नमिल्दा राजनितीक नैतिकता विर्सेर कहिले यता कहिले उता गर्नु उचित नहुने बताउनु भयो । राजतन्त्रका बेला काँग्रेस पार्टीले गाउँ–गाउँमा सोझा जनतालाई मुद्धा चलाउने, कुटपिट गर्ने गरेकाले ५२ सालको शसस्त्र द्धन्दको सुरुवात भएको भन्दै उहाले आफुलाई लोकतन्त्र बादी भन्ने तर कतै पनि लोकतान्त्रिक चरित्र काँग्रेसले नदेखाउने गरेको समेत बताउनु भयो ।

राष्ट्रिय सभा सदस्यमा आफुलाई जिताउनको लागि माओबादी केन्द्र समर्थक भएकाले आफुले जित्नेमा विस्वस्त रहेको उल्लेख गर्दै उहाले आफुले जिते एक बर्षे कार्यकालमा रोल्पााली जनताको आर्थिक स्तर उठाउने खालका कार्यक्रमहरु ल्याउने बताउनु भयो । रोल्पाको सन्दर्भमा बेमौसमी तरकारी, पशुपक्षि पालन, भाङ्गो खेतिलाई बैधानिकता दिनेमा आफुले जोड दिने प्रतिकृया दिनु भएको छ । दाङ, होलेरी सडक, सहिद मार्ग, चुन ढुङ्गा उत्खनन्लाई ब्यवस्थित गर्नमा आफु निरन्तर लागिरहेको बताउदै दसौदीले जनताका तमाम कुरामा जनताले अनुभुति गर्ने गरि कामहरु गरिने बताउनु भयो ।

- Advertisement -
Ad image

जनताले उत्पादन गरेको कृषि जन्य बस्तुलाइ कृषककै माग अनुसार भाउ पाउने गरि संघ सरकारले ब्यवस्था गर्नु पर्ने भन्दै उहाले मुलुक उत्पादनमा आत्म निर्भर बन्नु पर्ने धारणा राख्नु भयो । बाहिरबाट आउने फलफुल, तरकारी लाइ बिस्तारै बिस्थापित गर्दै स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमको आवश्यकता रहेको औल्याउनु भएको छ । कार्यक्रममा उहाले राष्ट्रिय सभा सदस्यमा बिजयी गराउनमा लागि सम्पुर्ण जनप्रतिनधीहरुलाई मतदान गर्न अपिल समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array