Ad image

शहीद मार्गलाई कालोपत्रे गर्न सांसद घर्तीको माग

मालश्री खबर
मालश्री खबर १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद  मार्गको कालोपत्रे गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले ४० वर्षअघि सुरु भएको सडकको समेत कालोपत्रे हुन नसकेको भन्दै दुःख व्यक्त गरिन् ।

‘दाङको घोराहीबाट रोल्पाको होलेरी, घर्तीगाउँ हुँदै पूर्वी रुकुमको मैकोट जोड्ने २२० किलोमिटरको शहीद मार्गलाई ४० वर्षअघि सरकारले घोराही–होलेरी–चुनवाङ सडक खण्ड नाम दिई सुरु गरे पनि अझैं कालोपत्र हुने सकेको छैन’, उनले भनिन्, ‘सोही खण्डसँग जोडिएको २७ किलोमिटरको होलेरी–स्वर्गद्वारी सडकलाई पनि सरकारले २२ वर्षदेखि सुरु गरे पनि कालोपत्रे भएको छैन ।’

 

तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वको समयमा जनश्रमदान गराएर यो सडकको केही भाग निर्माण भएको थियो । त्यसपछि यसलाई शहीद मार्ग समेत भनेर चिनिन थालेको छ ।

रोल्पाभर अहिलेसम्म जम्मा ६० किलोमिटर सडक मात्रै कालोपत्रे भएको भन्दै उनले रोल्पालीले कहिले सहज सडकमा यात्रा गर्न पाउँछन भनेर प्रश्न समेत गरिन् । ‘रोल्पाभरि हालसम्म ६० किलोमिटर सकड मात्रै कालोपत्रे भएको छ’, सांसद घर्तीमगरको प्रश्न छ, ‘बाँकी जोखिमपूर्ण सडकबाट कालेपत्रे भएको सडकमा यात्रा गर्न रोल्पालीहरुले अझै कति दशकसम्म पर्खिनुपर्ने हो ?’ अनलाइनखबर

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array