Ad image

मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

मालश्री खबर
मालश्री खबर १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

माघ १९ रोल्पा । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पा नगरपालिका –४ बाईगाउँ बस्ने २६ वर्षिय पुरन चन्द रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बिहीबार बिहान करिब ७ः१५ बजेतिर रोल्पा नगरपालिका –४ दहरेभिर स्थित लिबाङ गजुल सडक खण्डमा पर्ने लिबाङबाट गजुल तिर गइरहेको रा ३ प १०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताउनुभएको छ ।

दुर्घटना पछि घाइते भएका चन्दलाई उहाँकै दाई मुक्त बहादुर चन्दले उपचारका लागि जिल्ला अस्पताल रेउघामा लिएकोमा उपचारको क्रममा दिउँसो करिब १ बजेतिर मृत्यु भएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघाम आवश्यक प्रक्रिया गरिरहेको डिएसपी घिमिरेले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्