Ad image

खेलकुद विकास समितिको अध्यक्षमा बाँठा मगर सर्वसम्मत चयन

मालश्री खबर
मालश्री खबर १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,माघ १८ रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाको खेलकुद विकास समितिको अध्यक्षमा विक्रम बाँठा मगर सर्वसम्मत चयन हुनुभएको छ । माघ १७ गते बसेको कार्यपालिकाको बैठकले बाँठा मगरलाई सर्वसम्मत रूपमा चयन गरेको परिवर्तन गाउँपालिकाका प्रवक्ता हरि प्रसाद बुढा मगरले जानकारी दिनुभएको छ ।

बाँठा मगर रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष तथा लुम्बिनी प्रदेश आईटीएफ तेक्वान्दो संघका सचिव समेत भएको छ । बाँठा मगरको कार्यकालमा खेलकुद मैत्री गाउँपालिका बन्नेमा परिवर्तन गाउँपालिकाले अपेक्षा समेत राखेको छ।

प्रतिक्रिया दिनुहोस्