Ad image

हरेक काम निरन्तर गर्दै जाने हो भने लक्ष्यमा पुग्न सकिने प्र.अ केसीको भनाई

मालश्री खबर
मालश्री खबर १६ माघ २०७९, सोमबार
2 Min Read
Aa

मालश्री खबर, माघ १६ रोल्पा । हरेक काम संघर्षका साथ गर्दै जाने हो भने लक्ष्यमा पुग्न सकिने श्री नेपाल राष्टिय नमुना मावि थप प्राबिधिक शिक्षालय परिवर्तन गाउँपालिका वडा नं. ५ राङकोटका प्रधानाध्यापक गोपाल केसीले बताउनुभएको छ । कार्यक्रम परिवर्तन सम्बाहकमा पत्रकार गणेश केसीसगंको कुराकानीमा उहाँले यस्तो कुरा बताउनुभयो ।

आफुलाई विद्यालय नमुना विद्यालय बनाउन पहिले देखिनै निकै रुचि भएकाले अहिले विभिन्न संघर्ष पश्च्यात अहिले नमुना विद्यालय भएकोमा आफुलाई गर्भ लागेको बताउनु भएको छ । उहाँले अहिलेको अवस्थामा केहि अन्य थप नया कार्यक्रम नभएर पुरानै गुरुयोजना अनुसार काम अगाडि बढि रहेको उल्लेख गर्नुभयो ।

मुलकु संघीयतामा गइसकेपछि धेरै नमुना विद्यालय स्थापना भएको र श्रोतकम भएकाले गुरु योजना अनुसार काम नभएको बताउनुभयो । अहिले सम्म छात्राबास बनाउन नसकेको बताउदै भौतिक तर्फको बजेट प्राप्त नभएपनि शैक्षिक क्षेत्रको बजेट नआएकोले काम गर्न अलि कठिनाइ हुने गरेको बताउनु भयो ।

अहिले विद्यालयमा दुई धारको पढाई विज्ञान सहित साधरण धारको पढाइ सिटिइभिटिका पढाई भैरहेको बताउँदै सिटिइभिटी धारका केहि पढाइ मर्ज समायोजन गरेर लैजाने योजनामा आफुहरु रहेको बताउनु भयो ।

- Advertisement -
Ad image

स्थानीय जनशक्तिको अभावका कारण थप नयाँ जनशक्ति बाहिरबाट लिएर भएपनि कक्षा सन्चालन गरिरहको बताउनु भयो । स्थानीय जनशक्ति उत्पादन गरेपनी टिकाउन गाह्रो हुने भएकाले बाहिरबाट जनशक्ति ल्याउदा सेवा सुबिधापनि उत्तीकै महगंो पर्न जाने उल्लेख गर्नुभयो ।

 

यस्तै कुरा गर्दा अहिले साधरण धार तर्फ ५ कक्षा सम्म नेपाली र अन्यमा भने कतै अंग्रेजी कतै नेपालीबाट पढाइ भइरहेको बताउनु भयो । अझै सम्म विद्यालयमा बस सेवा निरन्तर दिइ रहेको बताउदै उक्त स्थानमा अन्य विद्यालयहरुसगं समायोजन मर्ज गरेर अझै अरु सेवा सुबिधा थपिने कुरा उल्लेख गर्नु भएको छ । अहिले सम्म उक्त विद्यालयबाट चोरेर होइन गरेर खान पर्छ भन्ने विद्यार्थिहरु उत्पादन गरेको समेत उहाँले भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array