Ad image

विश्व कुष्ठ रोग दिवस रोल्पामा पनि मनाइयाे

मालश्री खबर
मालश्री खबर १५ माघ २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, माघ १४  रोल्पा । आज ७० औँ विश्व कुष्ठ रोग दिवस, रोल्पामा पनि मनाइएको छ । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ रोल्पामा पनि यो दिवस मनाइएको हो । कुष्ठ रोग दिवस सन् १९५४ देखि विश्वभर मनाउन थालिएको हो । स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोखरेलको अध्यक्ष्तामा भएको कार्यक्रममा एमडि.जीपी डाक्टर रण बहादुर बोगटी, स्वास्थ्य कार्यालयका कुमार थापा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर लगाएत विभिन्न माध्यममा आबद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको मालश्री खबरलाई जानकारी दिएको छ । कार्यक्रम जनवरी महिनाको आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।

कार्यक्रमको प्रस्तुतीकरण एमडी.जीपी डाक्टर रण बहादुर बोगटीले गर्नुभएको थियो । सन् २०१० मा नेपाललाई कुष्ठ रोग निवारण भएको मुलुक घोषणा गरिएको थियो । तर, पनि नयाँ बिरामी देखिने क्रम रोकिएको छैन । आर्थिक बर्ष २०७८÷७९ मा नेपालमा हरेक वर्ष करिब २ हजार २ सय ८५ जना बिरामी थपिने गरेको तथ्यांक रहेको छ । कुष्ठ रोगको समयमै उपचार हुन नसके रोगीहरू अपाङ्ताको शिकार हुने र ज्यानसमेत जाने जोखिम हुन्छ । समयमै उपचार गराए यो रोग पूर्ण रूपमा निको हुन्छ । तर, रोग लुकाउने र घरपरिवारले पनि घरमा कोही कुष्ठ रोगी भएको बताउन नचाहने सोचका कारण पनि उल्मूलनमा बाधा उत्पन्न हुँदै आएको छ ।

शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै दागमा रौँ झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षण हुन् । विशेषगरी तराईका जिल्लामा कुष्ठरोगका बिरामी धेरै देखिएका छन् । बाक्लो बस्ती र भारतसँग खुला सीमा भएको क्षेत्रमा बढी मात्रामा बिरामी भेटिएका उहाँको भनाइ छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । सरकारले कुष्ठरोग निवारणका लागि ‘शून्य कुष्ठरोग’ नीतिसहित ५ वर्षे कार्ययोजना बनाएर काम गर्दै आएको छ । कार्यक्रमको सन्चालन जनस्वास्थ्य निरिक्षक कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array