Ad image

कृषि हाटबजारलाई ब्यवस्थित गर्दै रोल्पा नगरपालिका

मालश्री खबर
मालश्री खबर १४ माघ २०७९, शनिबार
3 Min Read
Aa

कृषकहरुले उत्पादन गरेका कृषि उपजले भनेको मुल्य अनुसार बिक्रि गर्न पाउन भन्ने उदेस्यले हाट बजार सन्चालनमा ल्याएको हाट बजार समितीका अध्यक्ष तथा रोल्पा नगर पालिका वडा नं ४ का निबर्तमान अध्यक्ष नबराज आचार्यले बताउनु भएको छ । कार्यक्रम जनतासगं नगर पालिकामा बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।

डोकोमा राखेर बिक्रि गर्दै हिड्नुु भन्दा कृषकहरुकै माग अनुसार मुल्यमा पनि एक रुपता ल्याउने उदेस्यले हाट बजारको ब्यवस्था गरिएको उहाले बताउनु भयो । कोभिड–१९ महामारिका कारण उथल पुथल बनेको हाट बजार अब भने ब्यबस्थित ढंगले संचालन गरिने भन्दै अध्यक्ष आचार्यले बजारमा किसानले उत्पादन गरेको कृषि उत्पादित बस्तुहरु फरक–फरक भाउमा बिक्रि हुने भएकाले पनि मुल्यमा एक रुपता ल्याउन हाट बजार लगाइएको बताउनु भयो । हाट बजारलाइ ब्यबस्थित गर्नको लागि कोल्ड स्टोरको ब्यवस्था गरि किसानले लगाएका तरकारी, फलफुललाइ भण्डारण गरि बाहिर बाट आउने तरकारी, फलफुलहरु बिस्थापीत गरि यहाका कृषकहरुलाइ सहज रुपमा बिक्रि बितरण हुने भएकाले किसानको जिबन स्तरमा समेत सहज हुने बताउनु भयो । हाट बजारको महत्व किसनाका इच्छा चाहाना अनुसार सबैसगं छलफल गरी निरन्तरता दिदै राम्रो सगं अगाडी बढाउने उहाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै रोल्पा नगरपालिका अन्तर्गत कृषि शाखा प्रमुख महेन्द्र पुनले हाट बजार ब्यवस्थापनमा धेरै उतार चडाव भएको बताउदै अब यो हाट बजारलाइ निरन्तरदा दिदै जाने बताउनु भएको छ । सबै नगरपालिकाका किसानलाइ सहभागि बनाइ ब्यवस्थित गरि अगाडि बढाउनु पर्नेमा उहाको जोडि थियो । सबै सरोकार वालाहरुसगं छलफल गरि अगाडि बढ्ने समेत बताउनु भयो । धेरैले हाट बजार लाग्ने गरेको थाहा नपाएकाले यसको प्रचार प्रसारमामा अहिले जोड दिने उहाको भनाई छ । अहिले थोरै–थारै बाट भएपनि बानि पार्दै लैजाने उदेस्यले बिहान मात्र हाट बजार लगाइको र अब दिन भरसम्मनै हाट बजार सन्चालनमा ल्याउने उल्लेख समेत गर्नुभयो ।

कृषकहरुले पनि हाट बजार सन्चालनम ल्याएकोमा खुशि ब्यक्त गरेका छन । डोकोमा तरकारी बोकेर ठाउँ–ठाउँमा डुलाउनु भन्दा पनि हाट बजारले आफुले उत्पादन गरेका बस्तुभाउहरु एउटै ठाउँमा राखेर बिक्रि गर्न पाउदा आफुलाइ सहज भएको समेत बताएका छन । उनिहरुले आफुले उत्पादन गरेको कृषि उपजले राम्रै भाउ पाएको समेत बताएका छन । उता हाट बजारबाट आफुहरुले ताजा तरकारी खान पाउदा आफुहरु पनि निकै खुसि भएको सेवा ग्राहिले बताएका छन । हाट बजार बिहान मात्र नभएर दिनभरी नै ब्यवस्था गनुपर्ने सेवाग्राहिले माग समेत गरेका छन ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array