Ad image

जिल्लामा बालविबहा, आत्महत्या र सम्बन्धविच्छेदका घटनाहरु व्याप्त छन— प्रमुख जिल्ला अधिकारी सापकोटा

मालश्री खबर
मालश्री खबर १४ माघ २०७९, शनिबार
5 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर, माघ १४ गते रोल्पा ।

रोल्पामा आएर यहाँका जनताको सेवा गर्न पाउँदा खुसी भएको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताउनु भएको छ । रोल्पाबाट सरुवा भएर जान लाग्नु भएको प्रमुख जिल्ला अधिकारी सापकोटाले कार्यक्रम मालश्री सम्बादमा पत्रकार केणेश केसी सँगको अन्तिम कुराकानीमा यस्तो कुरा बताउनु भएको हो । सापकोटाले आफु आए देखी सरुवा भएर जादाको दिन सम्मको उक्त कार्यक्रममा स्मरण समेत गर्नु भयो । सुरुमा जिल्लामा प्रबेश गर्ना विक्तिकै आफुले कार्यालय समयमा मात्र होईन जनताको सहजता लागि कार्यालय समयभन्दा बाहेकाको समयमा काम गर्ने प्रतिज्ञा गरेको बताउनु भएको थियो । सोही अनुरुप आफुले कार्यालयको समय भन्दा २ घण्टा पछि सम्म पनि सेवाग्राहीको लागि काम खटिएको अधिकारीले बताउनु भएको छ ।

- Advertisement -
Ad image

सेवा ग्राहीहरु दुरदराज बाट आउदा समयमै आईपुग्न कठिनाई हुने र होटलमा बास बस्दा लागत बढी लाग्ने, भनेको समयमा सवारीसाधन नपाईने लगाएतका समस्या हुने भएकाले उनीहरुको सहजताको लागि कार्यालय समय भन्दा पछि पनि आफुबाट दिन सकिने सेवा दिईरहेकोे जानकारी दिनु भयो । आफ्नो कार्यकालमा सबैसँग सहकार्य गर्दै सहजै सेवा प्रवाह गरि सेवाग्राहीका समस्या समाधान गरिदिएको बताउनु भयो । आफ्नो बुद्धि विबेकले सकेजति रोल्पाली जनताको सेवा गरेको बताउनु भएको छ । कोबिड महामारी साम्य भइसकेपछि जिल्ला प्रशासन कार्यालयमा भिड बेढेको जनगुनासको आएको कुरालाई स्वकार्नु भएको छ । जिल्ला प्रशासनमा त्यस्तो भिडभाड हुनुमा राष्ट्रिय परिचय पत्र बनाउने र रहदानी बनाउने कार्यले गर्दा सेवाग्राहीको भिड हुने गरेका जानकारी दिनुभयो । जिल्ला प्रशासनकार्यालयमा कर्मचारी अभाबको कारणले पनि यस्तो समस्या थप भएको उहाँको भनाई छ ।

 

कर्मचारी आए पनि बढुवाको लागि आउने र बढुवा भएपछि छोडेर जाने प्रवृत्ति हावी भएकाले झनै समस्या थपिएको सापकोटाले बताउनुभयो । त्यसका साथ साथै राष्ट्रिय परिचयपत्र बनाउनको लागि उपकरण अभाबको कारणले समस्या भएको बताउदै त्यस समस्या समाधानका लागि थप उपकरण लिनकोलागि अफुले पहल गरेका समेत बताउनु भएको छ । अव यी कार्य जिल्लाका अन्य स्थानबाट पनि सञ्चालन भए पछि सेवा ग्राहीलाई सहजता हुने बताउदै अबका दिनमा ति समस्या पनि विस्तारै कम हुने जाने सापकोटाको दाबी रहेको छ ।

 

सेवा ग्राहिको सहजतको लागि माथिल्लो निकायमा स्रोत साधन प्राप्त भयो भने ति कार्यहरु सहजै गर्न सकिने कुराको जानकारी दिनु भयो । जिल्लामा आफु प्रजिअ भएर कार्य गदै गर्दाको अबस्थामा थुप्रै समस्या भएको बताउनु भएको छ । ति मध्ये जिल्लामा विशेष गरी ३ वटा समस्या जिल्लामा व्याप्त रहेको बताउनु भयो । पहिलो समस्या भनेको जिल्लामा धेरै बालबिबहा भएको पाईएको बताउनु भयो । बाल विबहा जस्तो संबेदनशिल विषयमा राजनितिक उच्च तहका व्यक्ती र स्थानिय तहका जनप्रतिनिधि नै गैर जिम्मेवार भई बालविबहाको घटनालाई लुकाउने प्रयास भएको तितो अनुभव समेत सुनाउनु भयो । दोस्रो विकराल रुपमा जिल्लामा देखिएको बिषय भनेको सम्बन्ध विच्छेदका घटनाहरु धेरै भएको बताउनु भएको छ ।

 

गरिबी , शिक्षाको अभाब, चेतनाको स्तरमा कमी, सानै उमेरमा बालविबहाले पछिल्लो समय जिल्लामा सम्बन्ध विच्छेद निकै भएको पाईएको छ । सम्बन्ध विच्छेदले पारीवारीक विखण्डन, बच्चा बच्चीको मानसिक र शैक्षिक स्थिति खराब हुने र समाजमानै नकारात्म छाप बसालेको बताउनु भयो । त्यस्तै जिल्लामा आत्महत्या गर्ने दर पनि उतिकै रुपमा हुने गरेको बताउनु भएको छ । द्धन्द्धकालको सन्त्रास , गरीबी, बेरोजगारी, अशिक्षा लगाएत कारणले गर्दा आत्महत्या गर्नेको सङख्या दिनानु दिन बढ्दै गाईरहेका बताउनु भएको छ । जिल्लामा भएका यी समस्याबाट बच्नको लागि स्थानिय सरकारले बजेट छुट्यायी सचेतनाको कार्यक्रम गर्न आग्रह गरिसकेको जनाकरी दिनु भएको छ । र यति हुदा हुँदै पनि यी समस्या कम नभएको उँहाले बताउनु भयो ।

 

जादा जादै प्रजिअ अधिकारीले २ बर्ष सम्म जिल्लाबासी सँग सहकार्य गर्ने सुनौलो अबसर दिएकोमा सम्पुर्ण रोल्पाबासी आम बुवा, राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालय, विभिन्न शैक्षि संंस्था जिल्लामा भएका सम्पुर्ण व्यक्ति, सम्पुर्ण सञ्चार माध्यमलाई धन्यबाद दिनु भएको छ । जिल्लाबासीले दिएको साथ र सहयोगको सधै उच्च कदर र सम्मान व्यक्त गर्ने पनि बतानु भएको छ । काम गर्ने शिलशिलामा आफु बाट भएका गल्ती कमी कमजोरीलाई आगामि दिनमा सुधार गदै अघि बढ्ने समेत अधिकारीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array