Ad image

आमा, बुवाको सम्झनामा सुवेदीद्वारा अक्षय कोष स्थापना

मालश्री खबर
मालश्री खबर १० माघ २०७९, मंगलवार
2 Min Read
Aa

लोकेन्द्र चन्द

जनज्योति माध्यामिक विद्यालयमा सुशील सुवेदीले आमा, बुवाको सम्झनामा अक्षय कोष स्थापना गर्नु भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नं. ६ गजुलमा रहेको विद्यालयमा सुवेदीले कोषको स्थापना गर्नु भएको हो ।

आमा यमादेवी सुवेदी र बुवा रेगबहादुर सुवेदीको सम्झनामा १ लाख, ११ हजार, १ सय ११ रुपैयाको अक्षय कोष स्थापना गर्नु भएको छ । उक्त कोषबाट आउने ब्याजले विपन्न, जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक रूपमा छात्रवृति दिइने विद्यालय परिवारले जनाएको छ ।

आज एक औपचारीक कार्यक्रमका विच अक्षय कोषको स्थापन गरिएको छ । जनज्योति माध्यामिक विद्यालयका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नरेश थापाको अध्यक्षतामा अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न गरिएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युबराज सुवेदीले स्वर्गिय रेगबहादुर सुवेदीले रोल्पा जिल्लाको शिक्षा क्षेत्रमा पु¥याउनु भएको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो ।

शिक्षक अबिभावक संघका अध्यक्ष हीराबहादुर थापाले जिजुबाजे मोतीरामले गजुले र मिझिङका मानिसहरुको अन्न ब्याज तिरिदिएर साथै बाल कल्याण माध्यामिक विद्यालयको अध्यक्ष हुँदा हजुर बुवा चन्द्रकन्त सुवेदी चन्दा दाताको तर्फबाट कोषाध्यक्ष भएको स्मृरण समेत गराउनु भएको थियो ।

कार्यक्रममा अबिभावकको तर्फबाट पानीपोखराका वासुदेव सुवेदी र क्वालिगाउँका दीपक विकले पनि अक्षय कोषले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको भविश्य उज्वल बनाउनेमा विश्वास ब्यक्त गर्नु भएको थियो । साथै मनकारी, सहयोगि सुवेदीले आमा, बुवाको स्मरणमा कोष स्थापना गरेकोमा धन्यबाद समेत ब्यक्त गर्नु भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array