Ad image

रोल्पा अस्पताल लुम्बिनी प्रदेशमा राम्रो अस्पताल बन्ने सुचना अधिकारी डाँगीको दाबी

मालश्री खबर
मालश्री खबर १० माघ २०७९, मंगलवार
3 Min Read
Aa

बिनोद श्रेष्ठ,मालश्री खबर, माघ १०, रोल्पा । रोल्पा अस्पताल लुम्बिनी प्रदेशमा राम्रो अस्पताल बन्ने रोल्पा अस्पताल रेउघाका सुचना अधिकारी कुल बहादुर डाँगीले दाबी गर्नुभएको छ । रेडियो मालश्री संम्बाद कार्यक्रममा पत्रकार गणेश केसि सगंको कुराकानीमा उहाँले यस्तोे दाबी गर्नु भएको हो । विगतको तुलनामा अहिलेको चिसोको सयमयमा बिरामीको सख्यामा कमि आएको बताउनु भयो । उहाँले चेतना स्तरमा बृद्धि भएसंगै अहिलेको तथ्याकंमा बिरामिको सख्यामा कमि आएको बताउनु भयो । उहाँले जनतालाई सचेत गराउनको लागि सुचना प्रदान गर्ने बताउदै सकेसम्म पानी उमालेर पिउने सुद्धिकरण गर्ने, पानीको मुहान सफा राख्ने गर्नाले पनि झाडापखाला आउ टाइफाइड जस्ता रोगहरुबाट बच्न सकिने उल्लेख गर्नुभयो ।

 

अहिलेको चिसो समयमा बृद्धबृदा बाल बालिकाहरु अलि बिरामी परेको हुनाले बेलुका बिहान निकै चिसो हुने भएकाले सकभर बिहान बेलुका कोठा भित्रै बस्न सुझाव दिदै दिउँसो घाममा बस्न अनुरोध गर्नु भयो । चिसोको समय भएकाले पनि चिसो बाट बच्न न्यानो कपडा लगाउने घाम ताप्ने कोठाहरु न्यानो बनाउने तातो तातो झोलिलो खाने कुराहरु खान आग्रहम गर्दै कोठा न्यानो बनाउदा ढोका थुनेर हिटर नबाल्न आगो नबाल्न अनुरोध गर्नुभएको छ ।

 

- Advertisement -
Ad image

यस्तै उहाँले कोभिडको अर्को लहर आउन सक्ने भन्दै माक्स लगाउन खाना खानु भन्दा पहिले साबुन पानिले हात धुन, खोप लगाउन छुटेका जो कोहिलाइ पनि खोप लगाउन अनुरोध गर्नु भएकोछ । यस्तै सन्तानका रहर पुगिसेकेकाले जिल्लाका बिभिन्न ठाउमा भ्याक्सेटोमिक सिबिर सन्चालन गरिएको हुदा चाहान भएका ब्यक्तिे आफुलाइ पायक पर्ने स्वास्थ्य संस्थाम गइ भ्याक्सेटोमी गर्न अनुरोध गर्नु भयो ।

 

उहाले भ्याक्सेटोमी गर्दा बाहिर जति नराम्रा कुरा आए यि सबै गलत भएको बताउनु भयो । धेरै सन्तान भएर तनाबमा बस्न भन्दा पनि थोरै सन्तान सगं आफनो उज्यालो जित्दगी जिउँन सुझाब दिनु भयो । भ्याक्सेटोमिक महिलामा भन्दा पुरुषमा अलि सहज हुने बताउनु भयो । यस्तै अर्को प्रसंगमा धेरै अलकोहल रक्सि खानाले पनि धेरै असर गर्ने बताउनु भयो उहाले अलकोहल बढि खाने ब्यक्तिले खाना कम खाने भएकाले रोगका किटानुले पनि सजिलै आक्रमण गर्ने भएकाले यस्ता चिज बाट टाडै रहन अनुरोध गर्नु भएका छ ।

 

यस्तै चुरोट बिरीले पनि स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले पनि यस्ता चिजबाट टाढा रहन अनुरोध गर्नु भयो । यस्ता चिजको सेवनले किड्निकमा असर गर्ने क्यानसर जस्ता प्राण घातक रोगले आप्नो आर्थिकमा समस्या भइ चन्दा सकंलन जस्ता कार्यमा जुटेको बताउदै यस्ता जिच बाट पनि टाढै रहन अनुरोध गर्नु भयो अहिले शहर बाजारमा मात्र नभएर जगंफुड खाना चाउ चाउ, बिस्कुट, कुरमुरे गाउ गाउमा छेयाप छेयाती पाइने हुनाले पनि यस्ता खाना निषेध गर्न पालिकाका जन निर्वाचित पधाधिकारीले पनि यसमा अलि कडाइ गर्नमा जोड दिनु भयो । उहाले २० बर्ष भन्दा अगाडी बच्चा जन्माउदा कयौ बालिकाहरुको जिबन चौपट् भएका हुँदा २० बर्ष भन्दा पहिले बच्चा नजन्माउन पनि अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array