Ad image

फिल्डमा गइ प्रचार प्रसारमा लागेको केवरी स्वास्थ्य चौकीका इन्चार्ज वलीको भनाई

मालश्री खबर
मालश्री खबर ९ माघ २०७९, सोमबार
3 Min Read
Aa

मालश्री खबर, माघ ९ गते रोल्पा । यहि माघ तेस्रो हप्ता देखि परिबर्तन गाउँपालिकामा स्थायी बन्ध्याकरण सिबिर सन्चलालन हुने भएकाले अहिले आफुहरु फिल्डमा गइ प्रचार प्रसारमा लागेको परिवर्तन गाउँपालिकाको केवरी स्वास्थ्य चौकीका इन्चार्ज नंरसिह वलीले बताउनुभएको छ । कार्यक्रम परिवर्तन संम्बाहकमा पत्रकार गणेश केसि सगंको कुराकानीमा उहाँले उक्त कुरा बताउनु भएको हो । अहिले गाउँघर क्लिनीक उपचार सेवा प्रथामिक स्वास्थ्य प्रदान गरिरहेको बताउदै आफनो वडामा बहुक्षत्रीय पोषण कार्यक्रम चलिरहेको बताउनु समेत बताउनुभयो । मापदण्ड अनुसार भौतिक रुपमा भवनहरु भएपनि आवस्यकता अनुसार कोठा नभए पनि स्वास्थ्य सेवामा आउने सेवाग्राहीलाइ आफुहरुले कुनै कनजुसाइ नगरेको बताउनु भयो ।

स्थाथ्यको क्षेत्रमा नया नया कार्यक्रम हरु थप्दै जाने तर भवन भने कम हुनुले काममा अलि असहज हुने भएकोले समस्या हुने बताउनु भयो । सरकारले दिएको सेवा सुबिधा आफुहरुले दिइरहेको बताउदै गाउपालिकाले दरबन्दिका ६ जना करार कर्मचारी भएकाले दक्ष जनशक्तिको अभाव भएको बताउनु भयो । उक्त स्वास्थ्य चौकिमा बिधुत इन्टरनेट बाताबरण मैत्रि सबैको सेवा रहेको बताउनु भयो। दिनमा ५, ७ जना बिरामी चेकजाच गर्न जाने गरेको उल्लेख गर्दै धेरैजसो रुघाखोकि ज्वारो भाइरलका बिरामी त्यसमा पनि बृदाहरु बच्चाहरु धेरै चेकजाच गर्न आउने गरेको उहाको भनाइ थियो । चिसोको समय भएकाले पनि चिसो बाट बच्न न्यानो कपडा लगाउने घाम ताप्ने कोठाहरु न्यानो बनाउने तातो तातो झोलिलो खाने कुराहरु खान आग्रहम गर्दै कोठा न्यानो बनाउदा ढोका थुनेर हिटल नबाल्न आगो नबाल्न अनुरोध गर्नुभएको छ ।

 

यस्तै जेष्ठ नागरिकको हकमा घरमै गएर चेकजाच गर्ने गरेको बताउदै आफुले काम गर्दा जस पाइएयो भने आफुलाइ गर्भ लाग्ने उल्लेख गर्नुभएको छ । यस्तै बालबिबाह अझैपनि भयाभह भएको उल्लेख गर्दै बाल बिबाह न्युनिकरणमा कत्तिपनि कमि नआएको बताउनु भयो । नेटका कारण कतिपयले रहरका कारण भैपरीआउने भएका कारणले पनि बाल बिबाहले समाजमा जरा काटेर बसेको समेत उहाले उल्लेख गर्नुभएको छ । सानै उमेरमा बिवाह गर्नाले २५, २६ बर्षको उमेरमा डिभोस गर्नु आत्महत्या गर्नु जस्ता समस्या निम्तने बताउनुहुदै आफुपरिपक्व भइसकेपछि मात्र बिबाह गर्न सुझाब दिनुभएको छ । यस्तै उहाले उमेर पुगपछि बिबाह गरेका गर्भवति महिलाहरुले कम्तिमा ८ पटक नसकेपनी ४ पटक सम्म जेकचाच गर्न सुझाब दिदै आइरन चक्कि खान बेला बेलामा खोप लगाउन सुझाब दिदै यसो गर्नालो बच्चाको अबस्था आमाको अबस्था स्वस्थ्य हुने बताउनु भयो ।

- Advertisement -
Ad image

 

विगत भुबनावटले गर्दा कहि कतैका गर्भवति महिलाहरु चेकजाचको लागि छुटने गरेको बताउनु भयो । सुत्केरी गाराउने स्वास्थ्य कर्मिहरु सम्पर्कमा हुने हुनालै सम्पर्क गरि गर्भवति महिलाहरुलाइ ठाउमा पुराउने गरेको उल्लेख गर्नुभयो । बच्चा जन्मिने बित्तीकै आमाको बिघौती दुध खुवाउन ६महिना सम्म आमाको दुघ खुवाउन बहुु क्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सेवा सुबिधा दिइरहेको बताउनु भयो । यस्तै किसोर किसोरीका विद्यार्थिहरुलाइ पनि स्वास्थ्यका बिबिध क्षेत्रमा सल्लाह सुझाब दिने गरेको बताउनु भएको छ । उहाले परिबर्तन गाउ पालिकामा घरमा हुने सुत्केरी हुने अबस्था सुन्यमा झार्ने लक्ष्या लिएको बताउनु भयो । बच्चा जन्मिएको ५ महिना ६ महिना सम्म खाना खुवाउने चलन भएकाले केवल आमाको दुध मात्र खान आग्रह समेत गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array