Ad image

परिवर्तन गाउँपालिकामा “बृहत चलचित्र बहस ” हुँदै

मालश्री खबर
मालश्री खबर ७ माघ २०७९, शनिबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,माघ ०७ गते ।

रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमाूबृहत चलचित्र बहसूहुन लागेको हो।युद्ध पर्यटन केन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले बृहत चलचित्र बहसूगर्न लागेको परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले जानकारी दिनु भएको छ।रोल्पा जिल्ला एक ऐतिहासिक जिल्ला, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जिल्ला, पर्यटकिय दृष्टिबाट अब्बल जिल्ला, भौगोलिक बनावट तथा बातावरणका माध्यमबाट दृश्यकैद गर्न सकिने जिल्ला रोल्पा हो । तर बिडम्बना देशका विभिन्न जिल्ला तथा स्थानमा नेपाली चलचित्र छायांकन हुदा सबै हिसाबले उपयुक्त रोल्पा जिल्ला पर्यटन तथा चलचित्र छायांकनमा किन पछाडी ? किन निर्माता निर्देशकको रोजाईमा रोल्पा जिल्ला पर्दैन ? सिनेमा हल किन खुल्दैननरु पर्यटकिय तथा चलचित्र छायांकनका हिसाबले रोल्पा जिल्लाको समग्र अबस्था कस्तो छ ? यहाँ सम्भावना तथा चुनौतिहरु के कस्ता छन ? लगायत विषयमा छलफल गरिने न्यौपानेले बताउनुभयो ।

माघ ८ गते बिहान ११ बजे परिवर्तन गाउँपालिका वडा नम्बर २ युद्ध पर्यटन केन्द्र डाँडागाउँ राङ्सी रोल्पामा हुने समेत बताइएको छ । जसमा नेपाली चलचित्र उद्योगका चर्चित नायक रमित ढुंगाना, बरिष्ठ साहित्यकार तथा चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय पुर्ब अध्यक्ष शान्ति प्रिय, चलचित्र निर्देशक ऋषिराज आचार्य तथा गाउँपालिकका अध्यक्ष सुक बहादुर बुढा मगरको साथमा एक बृहत चलचित्र बहस गर्न लागिएको परिवर्तन गाउँपालिकाले बताएको छ । आयोजक चलचित्र पत्रकार संघ नेपाल दाङ शाखा, सहआयोजक वडा नम्बर २ को कार्यालय परिवर्तन गाउँपालिका र सहयोग परिवर्तन गाउँपालिकाको कार्यालय,रोल्पा रहेका छन । जहाँ रोल्पाको परिवर्तन गाउँपालिका २ राङ्सीको डाँडागाउँ ऐतिहासिक महत्त्व बोकेको ठाउँ समेत मानिन्छ ।

- Advertisement -
Ad image

१० बर्षे जनयुद्धको बेला वि.सं. २०६१र०६२ सालमा तत्कालीन जनयुद्धका सर्वोच्च कमान्ड तथा गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालूप्रचण्ड ‘आन्तरिक उच्च सुरक्षा सहित सेल्टर लिएको ठाउँ’ युद्ध पर्यटन केन्द्र डाँडागाउूँअहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गरेकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरले बताउनुभयो । परिवर्तन गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने गरि चलचित्रकर्मीहरुसँग चलचित्रको अवस्था,सम्भावना र चुनौतीका विषयमाूबृहत चलचित्र बहसूगर्न खोजेको बुढा मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array