Ad image

शैक्षिक सुधारमा सकारात्मक सोच तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम रोल्पाको सदरमुकाम लिवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ५ माघ २०७९, बिहीबार
6 Min Read
Aa

उमा बस्नेत/मालश्री खबर, माघ ५ गते रोल्पा ।

 

 

शैक्षिक सुधारमा सकारात्मक सोच तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम रोल्पाको सदरमुकाम लिवाङमा सम्पन्न भएको छ । अन्तराष्ट्रि रोल्पाली सेवा समाज केन्द्रिय कार्यालय रोल्पाको आयोजनामा उद्योग वाणिज्य संघको हलमा बिहिबार उक्त कार्यक्रम सञ्चालन भएको हो ।शैक्षिक सुधार गर्नको लागि जिल्लाका सम्बन्धित व्यक्ति र विद्यालयले के कस्ता कार्यहरु गर्न सक्छन् भन्ने विषयमा केन्द्रित रहेको थियो । कार्यक्रममा शैक्षिक सुधारका अविभावक, विद्यालय र शिक्षकले कसरी भुमिका निर्वाह गर्न सक्दछन् भन्ने कुराको जानकारी दिइएको थियो ।

- Advertisement -
Ad image

रोल्पा जिल्लाको शैक्षिक सुधारको लागि सकारात्मक सोच तथा नेतृत्व विकासको बारेमा लाईफ कोच प्रितम पौडेलले प्रशिक्षण दिनु भएको हो । प्रशिक्षण दिदै पौडेलले शैक्षिक सुधार गर्नको लागि सर्वप्रथम त सोच राम्रो हुनु पर्ने बताउनु भएको छ । अरुलाई आरोप प्रत्यारोप लगाउनु भन्दा पहिले आँफु आफ्नो कार्यमा सकारात्मक भएर लाग्नु पर्ने उँहाको भनाई छ । कुनै पनि संगठन राम्रो बनाउनको लागि सकरात्मक सोच आवश्यक रहेको औल्याउनु भएको हो । विद्यार्थीलाई घोकन्ते शिक्षा भन्दा पनि व्यवहारीक शिक्षा दिनु पर्ने हरेका शिक्षकको कर्तव्य भएको बताउनु भयो । विद्यार्थीलाई शान्त मनोरम वातावरणमा कल्पानाशिल भएर सोच्ने र आफुले लिएको ज्ञानलाई ढुक्कताका साथ भन्न र लागू गर्न सक्ने बनाउनु पर्ने बताउनु भयो ।

भौतिक पुर्वाधार निर्माण भन्दा पनि अबको आवश्यकता शिक्षा भएकाले सबै स्थानिय सरकारका प्रमुखहरुले पनि यस विषयमा चासोका साथ विद्यार्थी मैत्री वातावरण सिर्जना गर्ने कार्र्य महत्वपुर्ण भएको बताउनु भयो । शिक्षा क्षेत्रको विकासको लागि निश्चित मिसन, भिजन लिएर यो कार्यकाल पुरा भईसक्दा सम्म सीपयुक्त, योग्य, दक्ष विद्यार्थी उत्पाद गर्छु भन्ने दृढता लिन आग्रह समेत गर्नु भयो । प्रशिक्षण दिदै पौडेलले विद्यार्थीलाई जिवन रुपान्तरण हुने खालको शिक्षा दिनको लागि उचित योजना बनाएर अगाडि बढेमा मात्र शैक्षिक क्षेत्रमा परिवर्तन हुने बताउनु भयो । शैक्षिक सुधारको लागि उचित दुरदृष्टि, योग्य शिक्षक, निममित परामर्श, शैक्षिक तालिम, विद्यालयका विद्यार्थी तथा शिक्षकको बारेमा दैनिक जानकारी, पढाईका साथसाथै अन्य कृयाकलाप, सहि र उक्तम निर्णय, स्वच्छ वातावरण, नियमित बैठक लागाएतका कार्य गर्नुपर्ने बताउनु भयो ।

साथै शैक्षिक क्षेत्रको सुधारको लागि नेतृत्व गर्न सक्नु पर्ने पनि उत्तिकै आवश्यकता भएको बताउनु भयो । दुरदृष्टि, साहस, रणनिति, अध्ययन गर्ने बानी, अनुयाईहरुलार्ई प्रभाब पार्न सक्ने, सफलता र असफलतालाई समायोजन गरि अगाडि बढ्न सक्ने, उत्तम विकल्पको छनोट गर्नु, सहि निर्णय लिन सक्ने, व्यस्थापकिय क्षमता, प्रविधि तथा अन्य विषयमा ज्ञान, पार्दर्शिता, इमानदारीता लगाएतका गुण एउटा नेतृत्वकर्ता वा नेतामा हुनु पर्ने हुन्छ । यी गुण भएमा मात्र उसले चाहे अनुरुपको वातरणमा अरुलाई प्रभाब पारि आफ्नो प्रभुत्व जमाउन सक्दछ । तसर्थ हेरेक मानिसमा नेतृत्व गर्न सक्ने गुण हुन आवश्यक पर्ने पौडेलले प्रशिक्षणको क्रममा बताउनु भयो ।

त्यस्तै उक्त कार्यक्रममा प्रतिक्षा गौतमले शिक्षाको नयाँ आयामका बारेमा सहजिकरण गर्नु भएको हो । गौतमले विद्यार्थीलाई स्थानिय स्रोत साधनको उपयोग गरेर उनिहरुलाई रमाईलो र सरल तरिकाले अध्यापन गराउन सकिने कुरा बताउनु भयो । विद्यार्थीलाई पुरानै शैलीमा पठनपाठन गराउनु भन्दा पनि बातावरण अनुकुल हुने गरि पढाउनु पर्ने र विद्यार्थीलाई धेरै गृहकार्य भन्दा पनि सामुहिक कार्यहरु गराउने, घोकाएर भन्दा विभिन्न चित्र आकार बनाएर सिकाउनु पर्ने बताउनु भयो ।

अर्का सहजकर्ता मन्जु चित्रकारले विद्यालयलाई गुणस्तरीय र नतिजामुलक बनाउनको लागि अरुको भन्दा पनि आफु सकारात्मक भएर लाग्नु पर्ने बताउनु भयो । समग्र विद्यार्थीसँग नजिक भई विद्यार्थीको समस्यालाई बुझने, अविभावकको गुनासो सुन्ने र समग्र शिक्षकसँग पनि नियमित छलफल गर्ने र त्यसबाट आएको समस्यालाई समाधान तर्फ लागेमा मात्रै शैक्षिक सुधाार हुने उहाँको भनाई छ ।

शिक्षालाई गुणस्तरीय र प्रयोगात्मक बनाई विद्यार्थी मैत्री वातावरणमा अध्यापन गराउनु पर्ने आबश्यकता भएको कार्यक्रमका प्रमुख अतिथी तथा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिले बताउनु भयो । विद्यार्थीलाई बढी प्रेसर दिएर पढाउनु भन्दा पनि विद्यार्थीको मनोभावना बुझ्नु पर्ने जानकारी दिनु भयो । सर्वप्रथमत शिक्षकलाई विद्यार्थी पढाउने शैली सरल र सहज हुन पर्ने उहाँको भनाई छ । जिल्लामा संचालन भइरहेका विद्यालयमा त्यस स्थानका सम्बन्धित स्थानिय तहले पनि आधुनिक र प्रयोगात्मक शिक्षा प्रदान गर्नको लागि अहम् भुमिका खेल्नु हुनेछ भन्ने अपेक्षा लिएको समेत बताउनु भयो ।

 

गुणस्तरीय शिक्षा प्राप्त गर्नु प्रत्यक नागरीकको मौलिक हक भएकाले सरल र सहज र सर्बसुलभ रुपमा शिक्षा ग्रहण गर्न पाउनु पर्ने सभहाभी बक्ताहरुल बताएका छन् । राजनितिक आड र आफ्ना लाई शिक्षक नियुक्ति गर्ने प्रचलन जबसम्म अन्त्य हुदैन तब सम्म शैक्षिक सुधार हुन नसक्ने बताएका छन् । साथै उनिहरुले आ—आफ्नो तह र तप्काबाट शैक्षिक सुधारमा सधै साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

अन्तर्राष्ट्रि रोल्पाली सेवा समाज रोल्पाले हाल सम्म गरेका गतिविधीको बारेमा सेवा समाजका अध्यक्ष तथा आजका कार्यक्रमका अध्यक्षता ग्रहण गर्नू भएका डिलारामा वलीले प्रस्तुत गर्नू भयो । कार्यक्रममा उपस्थिति भएकाहरुलाई आयोजकले मायाको चिनो, प्रमाण पत्र समेत प्रदान गरेको बाताएको छ । अन्तर्राष्ट्रि रोल्पाली सेवा समाज रोल्पाका सल्लाहकार केबी गुरुङको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन डि.बि बुढाले गर्नु भएको थियो । कार्यक्रमको विशिष्ट अथितिमा कर्मलाल परियार रहनु भएको थियो । उक्त कार्यक्रममा जिल्लाका १० वटै स्थानिय तहका अध्यक्ष, विभिन्न वडाका वडा अध्यक्ष, जिल्लाका विभिन्न विद्यालयका प्रध्यानाअध्यापक, जिल्ला स्थिति विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array