Ad image

जिल्लाका गरिब तथा जेहेनदार १२८ जना विद्यार्थीलाई क्षात्रवृत्ति वितरण

मालश्री खबर
मालश्री खबर ४ माघ २०७९, बुधबार
2 Min Read
Aa

किरणबाबु वली

मालश्री खबर, माघ ४ गते रोल्पा ।

रोल्पाको लिवाङमा गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । डा. अगस्ता मोलनारको आर्थिक सहयोगमा छात्रवृक्ति प्रदान गरिएको हो । टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम रोल्पा उद्योग वाणिज्य महासंघको भवनमा सम्पन्न भएको हो । विकास सरोकार समाज (डिकोस) रोल्पाले कार्यक्रमको सहजिकरण गरेको थियो ।

   

- Advertisement -
Ad image

स्मृति प्रतिष्ठाने जिल्लाका सात गाउँपालिका तथा नगरपालिकामा रहेका गरिब र जेहेनदार गरि १२८ जनाई उक्त क्षात्रा वृत्ति वितरण गरेको जनाएको छ । आज रोल्पा नगरपालिका, सुनिलस्मृती गाउँपालिकाका, लुंग्री गाउँपालिका, परिवर्तन गाउँपालिकाका, माडि गाउँपालिकाका, गंगादेव गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगाढी गाउँपालिकाका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।

थवाङ गाउँपालिकामा भने बलभद्र माध्यमिक विद्यालयमा केन्द्रबाटै खातामा रकम प्रदान गरिने गरेका डिकोस रोल्पाले जनाएको छ । थवाङ गाउँपालिकामा १८ जना गरिब तथा जेहेनदार विद्यार्थीले छात्रवृक्ति पाउने गरेका छन् । सुनछहरी गाउँपालिकामा पनि त्यहाका विद्यालयहरु संग समन्वय गरि छात्रावृत्ति प्रदान गर्ने डिकोसको योजना भएको बताएको छ ।

छात्रवृत्ति बापत प्राप्त रकमले गरिब विद्यार्थीको पढाईमा सहजता दिने र जेहेनदार विद्यार्थीलाई पढाईमा थप रुचि दिने भएकाले छात्रवृक्ति कार्यक्रम अत्यन्तै सहराण्ीय भएको जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख तथा छात्रावृत्ति कार्यक्रमका प्रमुख अतिथी कर्मलाल परियरले बताउनु भयोे । उक्त कार्यक्रममा बोल्दै परियारले छात्रवृत्तिको रकम थोरै भएपनि यसले विद्यार्थीलाई आफ्नो पढाई खर्च जुढाउन सहयोग गर्ने दाबी गर्नु भयो । थोपा थोपा पानी मिली समुन्द्र बने जस्तै थोरै थोरै सहयोगलाई पनि सहि ठाउँमा प्रयोग गरेमा उच्च शिक्षा हासिल गर्नको लागि मद्यत पु¥याउने परियारको भनाई छ ।


विकास सरोकार समाज (डिकोस) रोल्पाका अध्यक्ष देबबहादुर वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, टंकप्रदास स्मृति प्रतिष्ठानका अध्यक्ष शुसिल प्याकुरेल, सोही प्रतिष्ठानका विभिन्न पदाधिकारीहरु लगाएत विभिन्न विद्यालय प्रध्यानाअध्यपक, शिक्षक, विद्यार्थी, अविभावक, जिल्ला स्थित कृयाशिल प्रत्रकार लगाएतको उपस्थिति रहेको थिया । उक्त छात्रवृत्ति वितरण कार्यक्रमको सञ्चालन विकास सरोकार समाज (डिकोस) रोल्पाका सचिव केबी विरहीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array