Ad image

कृषकहरु किबी खेतिमा आकर्षित भएको परिबर्तन गापा कृषि शाखा प्रमुख बुढामगरको भनाई

मालश्री खबर
मालश्री खबर २ माघ २०७९, सोमबार
3 Min Read
Aa

उमा बुस्नेत/ मालश्री खबर,माघ २ गते रोल्पा ।

कृषकहरु किबी खेतिमा आकर्षित भएको परिबर्तन गाउपालिका कृषि शाखाका प्रमुख भिमकुमारी बुढामगरले बताउनु भएको छ । रेडियो कार्यक्रम परिबर्तन संवाहक कार्यक्रममा पत्रकार लोेकेन्द सँग बोल्ने क्रममा गाँउपालिका कृर्षि शाखा प्रमुख बुढामगरले यस्तो कुरा बताउनु भएको हो । उँहाले खेती गर्न सजिलो हुने र फलफुलको बजार भाउ राम्रो भएको हुनाले कृषकहरु किबी खेतिमा आकर्षित भएको बताउनु भएको छ । परिबर्तन गाउँपालिका प्रायः ठाउँमा किबी खेती गर्न योग्य जमिन भएको पाइएकाले किवी खेती बढि हुने गरेको बताउनु भयो । किबीको जात धेरै भएपनि अहिले सम्म आधिकारीक ४/५ जातको किबीका बिरुवा आफुले बितरण गर्ने गरेको बताउनु भयो ।

अहिले सम्म हेवा जातको किबीले राम्रो फल दिएको बताउनु भयो । पालिकामा पछिल्लो समय दाते ओखर र किबी खेतीका लागी दुइ लाख बजेट छुट्राएको र कृषकहको माग अनुसार आगामी दिनमा कृषि शाखा बाट अलि बढी बजेट माग गर्ने बताउनु भयो । परिबर्तन गाउँपालिकमा ओखर पनि राम्रो उत्पादन हुने गरेको बताउदै अहिले दाँते ओखरका कलमी बिरुवाहरु बितरण गरिएको जानाकारी गराउनु भयो । उँहाले कृषकहरुलाइ दुइ थरिका पतझर र सदाभहर विरुवा उपलब्ध गराएको बताउनु भयो ।

अहिल पतझर विरुवा रोप्ने र काट्छाट गर्ने सिजन भएकाले विरुवा रोप्दा र काट्छाट गर्दा विषेश ध्यान दिन आग्रह गर्नुभएको छ । उत्पादन गरिरहेको फलफुलका बिरुवा सप्रियो भने गुणस्तर बढ्ने भएको हुनाले कृषकलाइ बोट विरुवाको स्याहारमा बढी ध्यानदिनु पर्नेमा जोड दिनु भयो । काट्छाट गर्नका लागि अहिले बजारमा बिभिन्न औजार आएपनी सिकेचर औजार बढि प्रयोगमा आएको बताउनु भयो ।
यस्ता प्रविधिका बारेमा कृषक अनबिज्ञ भएका कारणले प्राबिधिकको टोलि सहित आफुहरुले सहजिकरण गरिरहेको जानकारी दिनु भयो । बजारम बस्तुको माग धेरै भएकाले सो मागको पुर्ति गर्न आफुहरुले किसानलाइ हौसाउने गरेको बताउनु भयो । उक्त गाउँपालिकामा सुन्तला र कागतिको पनि पकेट क्षेत्र हो । कागतिले पनि राम्रै बजार भाउ पाएको बुढाले जानकारीदिनु भएको छ ।

- Advertisement -
Ad image

किसानले लगाएका सुन्तला बिरुवामा काट्छाट कसरी गर्ने, फलफुलका दानाहरु टिप्दा ध्यानदिन कुराहरु लगाएतका बारेमा किसानहरुलाइ सल्लाह सुझाब दिने गरेको समेत बताउनु भयो । यस्तै सोहि कार्यक्रममा बोल्दै उँहाले तरकारी खेति, प्याजको बिरुवालाइ कसरी हुर्काउने, नर्सरी कसरी गर्ने लगाएतका बारेमा पनि जानकारी गराउनु भएको छ । यस्तै हिउँदे बाली आलु लगाउने सिजन आएको भन्दै बिउलाइ कसरी उपचार गर्ने, बिउ भन्डारण, लगाउने तरिका, चाहिने मलको मात्राका बारेमा समेत जानकारी गराउनु भएको थियो । बुढाले कृषकहरुले आधुनिक कृषि समाग्रीहरु चाहिएमा गाँउपालिकाको कृर शाखामा गएर सम्पर्क गर्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array