Ad image

माघी मेला तथा खेलकुद कार्यक्रम २०७९ को पुर्व सभामुख घर्तिद्धारा उद्धघाटन

मालश्री खबर
मालश्री खबर १ माघ २०७९, आईतवार
7 Min Read
Aa

 

उमा बस्नेत/ मालश्री खबर,माघ १ गते रोल्पा ।

माघे मेला तथा खेलकुद कार्यक्रम २०७९ को आज रोल्पाको माडिचौरमा उद्घाटन गरिएको छ । रोल्पा नगर पालिका वडा नं ७ माडिचौर रोल्पाको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । “खेलकुद विकास, कला, सँस्कृतिको प्रवद्धन, युवा शसक्तिकरण हाम्रो अभियान” भन्ने मुल नारका साथ शुरु भएको हो ।

 

- Advertisement -
Ad image

  
परापुर्व काल देखी माडिचौरमा लाग्दै आईरहेको माघी मेलालाई बाल्यकाल देखि नियाल्दै आएको पुर्व सभामुख ओनसरी घर्तिमगरले बताउनु भयो । अव्यवस्थित रुपमा मनाउदै आएको माघी मेलालाई वर्तमान अबस्थामा सभ्य र व्यवस्थित तरिकाले आयोजना गर्दै आएकोमा खुशी व्यक्त गर्नु भयो । जिल्लाका मगर जातिमा विशेष पर्वको रुपमा मनाउने माघी पर्वले मगर समुदायका जातजातिमा निकै महत्व भएको बताउनु भएको छ ।माघीको अबसरमा आयोजना गरीने विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताको आयोजनाले झनै मेलालाई आकर्षण गरेको बताउनु भयो । साथै कार्यक्रमका प्रमुख अतिथी रहनु भएका वर्षमान पुन बिरामी परेका कारणले उपस्थित हुन नसकेको बताउँदै घर्तिले पुनले विश्वासका साथ मतदान दिएकोमा समग्र रोल्पाली जनतालाई धन्यबाद दिएको समेत बताउनु भएको थियो । साथै रोल्पाली जनताले चाहेको विकासको लागि आफु सधै प्रतिबद्ध भएको कुरा समेत बताईदिन पुनले आग्रह गरेको घर्तिले बताउनु भएको छ । साथै घर्तिले समृद्ध रोल्पा फाउन्डेशनको माध्यमबाट विभिन्न विपन्न तथा विपतमा परेका घरपरिवारलाई सहयोग गदै आईरहेको बताउनु भयो । रोल्पा जिल्लाको भौतिक, आर्थिक, समाजिक लगाएत विकास निमार्णमा आफु सधै प्रतिवद्ध भएर लागिरहने पुर्वसभामुख घर्तिले बताउनु भयो ।

लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुनले माडिचौर रंगशालाको निमार्ण गर्नको लागि निशुल्क तथा सशुल्क रुपमा जग्गा दान गर्ने जग्गा दाताहरुलाई विशेष आभार प्रकट गर्नुभयो । माडिचौर रंगशालाको वर्षै पिच्छे क्रमिक रुपमा व्यवस्तिथ र पुर्वाधारको विकास हुदै गएको बताउनु भएको छ । माडिचौर रंगशालामा २०८० सकालको माघे मेलामा अहिलेको भन्दा थप विकास हुने बताउनु भएको छ । अर्को साल रंगशालामा बहुउद्देश्यीय भवन र सांस्कृतिक भवन बन्नेमा विश्वास दिलाउनु भयो । आफु निर्वाचित भएपछि जिल्लामा भएका निर्माण व्यवसायीले ठेक्का पट्टामा लापरबाहि गरेकोले समयमै काम सक्न आग्रह गरेको बताउनु भयो । यदि ति निर्माण व्यवसायीले समयमै काम नसकेमा कारबाही गर्ने चेतानी समेत दिएको जानाकारी गराउनु भयो । यी कार्यले निर्माण व्यवसायी असन्तुष्टि भएको र आफु विरुद्ध उल्टै वक्तव्य निकाल्ने भनि उल्टै गैर जिम्मेवारी पुर्ण अभिव्यक्ति व्यक्त गरेको बताउनु भयो ।

विकास निर्माण जस्तो संवेदनशिल कार्यमा निर्माण व्यवसायीका ठेकेदारहरुले समयमै कायम सम्पन्न गर्न नसक्दा बजेट बिनियोजनमा थप समस्या भएको बताउनु भयो । एकतिर बजेट खेर जाने अर्को तर्फ जनताको समस्या जस्ताको त्यस्तै हुने उहाँको भनाई छ । अटेरी गर्ने र समयमै कार्यसम्पादन नगर्ने दुई जना ठेकेदार विरुद्ध प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा समक्ष मौखिक उजुरी गरेको सांसद पुनले बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी सापकोटा समक्ष उहाँले ति ठेकेदारलार्ई समयमै कार्य सम्पादन गर्नु पर्ने र काम नसकेमा कारबाही गर्न माग समेत गर्नुभएको छ । ‘समयमै आफ्नो जिम्मेवारी पुरा नगर्ने ठेकेदारलाई जानताले छाला उधारेर सजाए दिनु पर्छ’ पुनले थप्नु भयो । संघ,प्रदेश र स्थानिय तीनै निकाय बाट बजेत आएपनि ठेकेदारले समयमै काम नगर्दा विकास निर्माणमा थप असर परेको पुनको भनाई छ । विकास निर्माणका कार्यमा नेता तथा उम्मेद्धारले मात्र खवरदार नगरी आ—आफ्नो क्षेत्रमा भईरहेको कार्यहरु प्रति सर्वसाधारण जनताले पनि खबरदारी गर्नु पर्ने तर्क राख्नु भयो ।

 


यस्तैे कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिले सम्पुर्ण मगर जाति र अन्य जातिलाई माघे सक्रान्तिको सुभकामना दिनु भएको छ । माघी ऐतिहासिक पर्व भएकाले यसको छुट्टै रौनक हुने गरेको बताउनु भयो । मेलाको अवसरमा आयोजित खेल भव्य सभ्य र सहज रुपमा सम्पन्न होस भनि सुभकामना समेत दिनुभएको छ । साथै थापा घर्तिले प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बर्षमान पुनलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नु भयो ।

 

कार्यक्रममा आयोजना गरिएका प्रतियोगिता भोलि बिहान ९ देखि संचालन हुने आयोजकले जानकारी दिएको छ । माघे मेला तथा खेलकुद कार्यक्रमा पुरुष भलिबल प्रतियोगित, महिला भलिबल प्रतियोगिता, पुरुष भलिबल टु ए साइड प्रतियोगिता सामुहिक नृत्य, एकल नृत्य, लोक दोहरी, साइला दाइ गित, आमा समुहको बिचमा रस्साकस्सी लगाएतका प्रतियोगिताको आयोजना गरिएको छ । नगर पालिका वडा नं ७ को कार्यलय युवा शसक्ति करण श्रिषक बाट २ लाख ५० हजार र अन्य प्रायोजकको प्रायोजनबाट कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।

माघी मेला तथा खेलकुद कार्यक्रमको बिशिष्ट अथितीमा नेकपा माओबादी केन्द्रका स्थाई समिती सदस्य तथा पुर्ब सभामुख ओनसरी घर्ति, लुम्बिनि प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजल रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा रोल्पा नगर पालिकाका नगर प्रमुख सुरेन्द्र घर्ति थापा मगरको रहनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका उप प्रमुख कर्मलाल परियार परिबर्तन गाउ पालिकाका अध्यक्ष सुक बहादुर बुढा, निवर्तमान नगर प्रमुख तथा नेकपा माओादि केन्द्र रोल्पा जिल्ला समन्वय सचिब पुर्ण केसी, निवर्तमान उप—प्रमुख मनकुमारी घर्ति, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, प्रहरी नायब निरिक्षक प्रकास भुसाल, नेपाली कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्य, पत्रकार महासंघ रोल्पाका अधयक्ष नबिन लोचन मगर, पत्रकार महासघंका संस्थापक अध्यक्ष काशिराम डाँगी पुर्ब अध्यक्ष खेम बुढा, मानसिंह बिक, रोल्पा नगर पालिकाका १० वटै वडाका वडा अध्यक्ष, बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, सिक्षक विद्यार्थि बिभिन्न टोल समितीका झाकि समुह, आमा समुह लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक प्रकास पुनमगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन आयोजक समितिका सदस्य सोम घर्तिमगरले गर्नु भएको थियो भने स्वागत मन्तब्य आयोजक समितीका सदस्य तथा रम्जाबेशी युवा क्लवका अध्यक्ष कृष्णराज घर्तिले राख्नु भएको थियो ।

 


सोहि कार्यक्रमको अवसरमा समृद्ध रोल्पा फाउन्डेशनले रोल्पा नगरपालिका, त्रिबेणी, माडि, परिवर्तन र थवाङ गाउँपालिका भित्र रहेका सम्पुर्ण वडाका स्थानिय युवा क्लबहरुलाई खेलकुद समाग्री समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array