Ad image

रोल्पाका तीन गाउँपालिकामा समृद्ध रोल्पा फाउन्डेसनद्धारा न्योनो कपडा वितरण

मालश्री खबर
मालश्री खबर १ माघ २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर,माघ १ गते रोल्पा । 

सुनछहरी गाउँपालिकाले ७ वटै वडामा सहिद परिवार,तथा अपाङ्ग परिवारलाई हिजो निःशुल्क कपडा वितरण गरीएको छ । समृद्ध रोल्पा फाउन्डेसनको आर्थिक सहयोग तथा सुनछहरी गाउँपालिकाको व्यवस्थापन मा समृध रोल्पाको आयोजनामा ७ वटै वडामा ४२० जनालाई कंमल बितरण गरिएका थियो । त्यस्तै सुनछहरी गाउँपालिका भित्रका क्लबलाई एकसेट खेलकुद सामाग्री दिइएको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले बताउनुभएको छ ।

 

जनयुद्ध कालमा आफ्नो छोराछोरी, श्रीमान श्रीमतीले ज्यान गुमाएका र अपाङ्ग भएका घर परिवारलाई कपडा सहयोग गरिएको अध्यक्ष पुनले बताउनुभयो छ । कमल वितरण कार्यक्रममा सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगर, उपाध्यक्ष ननकला घर्ती, प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्का, वडा अध्यक्षहरू, कर्मचारीहरू लगायतको उपस्थिति रहेको त्याहाबाट टेकमन बिष्ठले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

 

यस्तै

चाइना फाउन्डेसन फर पिस एण्ड डेभलमेन्टको सहयोगमा समृद्ध रोल्पा फाउन्डेसन मार्फत नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले ‘न्यानो कपडा’ वितरण गर्नुभएको हो । रोल्पाका प्रतिनिधि सभा सदस्य रहेका पुनले होलेरीमा ब्लाङ्केट वितरण गर्नुभयो । पुनको सचिवालयका अनुसार रुन्टीगढी गाउँपालिकाका ९ वटा वडाका ५७५ बिपन्न घरपरिवारलाई ब्लाङ्केट र ९ वटै वडाका वडा स्तरीय युवा क्लवहरूलाई खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।

समृद्ध रोल्पा फाउन्डेनको अध्यक्षमा पुर्व सभामुख ओनसरी घर्ती रहनु भएको छ । चाइना फाउन्डेसन फर पिस एण्ड डेभलमेन्ट सन् २०११ मा स्थापना भएको चीनको परोपकारी संस्था हो । यो संस्था चीनको नागरिक मामिला मन्त्रालय अन्तगर्त दर्ता भएको विवरणमा उल्लेख छ । संस्थाको वेवसाइटमा उल्लेख भए अनुसार संस्था चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको अन्तराष्ट्रिय विभागको सुपरीवेक्षणमा छ । संस्थाले स्थापना कालदेखि ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना पर्ने मुलुकमा सकृय छ । त्यस्तै फाउन्डेशनले लुंग्री गाउँपालिकाका विपन्न घर परिवारलाई न्यानो कपडा वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्