Ad image

नेपाल रेडक्रस सोसाइटी लिबाङ उपशाखाको को १३ औं साधारणसभा सम्पन्न

मालश्री खबर
मालश्री खबर १ माघ २०७९, आईतवार
1 Min Read
Aa

 

मालश्री खबर,माघ १ गते रोल्पा ।

नेपाल रेडक्रस सोसाइटी लिबाङ उपशाखाको १३ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डिबी घर्तिमगरको प्रमूख आतिथ्यता तथा उपशाखाका सभापति ज्ञानेन्द्र आचार्यको सभापतित्वमा आयोजित समारोहमा सचिव सरद पोख्रेलले सांगठनिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

- Advertisement -
Ad image

त्यस्तै कोषाध्यक्ष डा. सन्जिब आचार्यले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गनुभएको थियो । उक्त कार्यक्रममा बोल्दै जिल्ला सभापति घर्तिमगरले रेडक्रसकर्मीहरु संधै सेवाभावमा तत्पर रहनु पर्नेमा जोड दिनु भयो । यसैगरी सो उपशाखाका सभापति ज्ञानेन्द्र आचार्यले रेडक्रस जस्तो प्रतिष्ठित अन्तर्राट्रिय संस्थामा रहेर समाजसेवामा लाग्न पाँउदा गौरबको महशुस भएको बताउनु भयो । साथै साधन र स्रोतले भ्याएसम्म रेडक्रसकर्मीहरु भैपरी आउने बिपत ब्यवस्थापनमा खटिन तयार रहेको जानकारी दिनुभयो ।

सह सचिव रमेश अधिकारीद्धारा संचालन गरिएको कार्यक्रममा उपशाखाका पूर्व सभापति शिव आचार्य, उमा आचार्य लगाएतले आफनो भनाई राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array