Ad image

परिवर्तन गाउँपालिकाले सार्वजनिक सुनुवाई ग¥यो

मालश्री खबर
मालश्री खबर २८ पुष २०७९, बिहीबार
7 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,पुष २८ गते रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बुधबारका दिन गाउँपालिकाको केन्द्र पुतलाचौरमा गाउँपालिकाको आफ्नै सभाह्लमा सम्पन्न गरेको हो।परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपाने लगायत परिवर्तन गाउँपालिका सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिकाका सदस्य, परिवर्तन गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारी र परिवर्तन गाउँपालिका भित्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सुशासन र प्रार्दशीता लाई मध्ये नजर गर्दै २०७९ श्रावण महिना देखि यताको सेवा प्रभावको बारेमा सार्वजनिक सुनुवाई गरेको बताइएको छ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ को ५ बमोजिम परिवर्तन गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा तर्जुमा गरेका कार्यक्रम, योजना तथा सेवा प्रवाह सम्बन्धमा गाउँपालिका भित्रका सरोकारवालाहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको परिवर्तन गाउँपालिकाले बताएको छ ।

- Advertisement -
Ad image

साथै सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका सरोकारवालाहरुले राखेका जिज्ञासा तथा गुनासाहरुलाई परिवर्तन गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुले जवाफ दिनु भएको थियोे।परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले सार्वजनिक सुनुवाई कार्यक्रमको आवश्यकता,उद्देश्य तथा महत्त्वपूर्ण बारेमा प्रष्ट्याउदै, आफ्नो गाउँपालिका आफैं बनाऔं भने मूल भावका अनुसार परिवर्तन गाउँपालिका भित्रका आम नागरिकको सल्लाह, सुझाव लिएर अगाडि बढेको समेत बताउनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान ९ करोड ६६ लाख,समपूरक अनुदान १८ करोड १ लाख, शसर्त पुँजीगत अनुदान १ करोड ५८ लाख, विषेश अनुदान २ करोड १२ लाख र राजस्व बाँडफाँड बाट ९ करोड ८ लाख ५३ हजार गरि कुल जम्मा बजेट ४० करोड ४५ लाख ५३ हजार संघीय सरकारबाट प्राप्त भएको थियोे ।

 

त्यस्तै प्रदेश सरकारबाट प्राप्त भएको समानीकरण अनुदान ५१ लाख ५ हजार,राजस्व बाँडफाँडबाट ४९ लाख २० हजार,समपूर अनुदान १ करोड ५० लाख, विषेश अनुदान ६० लाख, शर्सत अनुदान पुँजीगत ८० लाख गरि कुल ३ करोड ९० लाख २५ हजार यस गाउँपालिकामा चालु आर्थिक बर्षमा प्राप्त भएको थियो।यो सबै संघीय सरकार र प्रदेश सरकार बाट कुल ४४ करोड ७० लाख ७८ हजार चालू आर्थिक बर्ष गत गएको बर्ष २०७८÷०७९ अन्तिम असार १० गते नीति तथा कार्यक्रम बनाएको बताउनुभयो ।


४४ करोडको कार्यक्रम बनाउदै गर्दा पुष मसान्तसम्म यहाँका जनप्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको समेत बताउनुभयो । साथै जनप्रतिनिधिको सक्रियताका कारण ६ करोड ७१ लाख २७ हजार ७ सय रुपियाँ थप प्रदेश सरकार र संघीय सरकार बाट प्राप्त गर्न सफल भएको बताउनुभयो।अहिले कुल बजेट ५१ करोड ४२ लाख ५ हजार ७ रुपियाँ हुन सफल भएको समेत बताउनुभयो।साथै ५१ करोड ४२ लाख ५ हजार ७ सय रुपियाँमा हालसम्म कोष तथा नियन्त्रण कार्यालय रोल्पा बाट २४ करोड ६ लाख २९ हजार १ सय १२ रुपियाँ निकासा भएको समेत बताउनुभयो।संघ तर्फ प्रथम र दोस्रो चौमासिक निकासा गरि सकेको बताउदै, सम्पूर्ण शिर्षकका समानुकरण, समपूरक, शसर्त, विषेश अनुदान प्राप्त गरि सकेको समेत बताउनुभयो ।

प्रदेश तर्फ समानीकरणको प्रथम र दोस्रो निकासा गरि सकेको र समपूरक, शसर्त, विशेष अनुदानको प्रथम किस्ता मात्र निकासा भएको र दोस्रो किस्ता निकासाको तयारी रहेको बताउनुभयो । राजस्व बाँडफाँड तर्फ प्रदेश सरकार बाट शून्य रकम अर्थात कुनै पनि रकम प्राप्त नभएको बताउनुभयो।संघ तर्फ ९ करोड ८ लाख ५३ हजार रुपियाँ मध्ये पुष महिनाको मसान्तसम्म २ करोड ८५ लाख ३ हजार १ सय ९५ रुपियाँ प्राप्त भएको बताउनुभयो । यहीँ बजेटलाई मध्यनजर राखेर २ सय ३० योजना तर्जुमा गरेको र चालू आर्थिक बर्ष २०७९÷०८० मा योजना संख्या २ सय ३० रहेको छ भने २ सय १४ वटा उपभोक्ता समिति मार्फत सञ्चालनमा ल्याएको र १६ वटा योजना ठेक्का मार्फत सञ्चालनमा ल्याएको समेत बताउनुभयो ।

 


पुस २६ गतेसम्म उपभोक्ता समितिबाट सम्झौता भएका योजनाको संख्या १ सय ८० पुगेको जसको ५० प्रतिशत हुन आउने र ठेक्काको १६ ओटै योजना सम्झौता भएको जसको १ सय प्रतिशत भएको समेत बताउनुभयो । चालू आर्थिक बर्ष २०७९÷०८० मा तीन वटा उपभोक्ता समितिलाई पुष सम्म भुक्तानी दिन सफल भएको समेत बताउनुभयो।२ सय ३० योजनामा ५ करोड ४८ लाख ७२ हजार १ सय ७२ रुपियाँ भएको समेत बताउदै यो रकममा जनसहभागिता गराएको समेत बताउनुभयो ।

परिवर्तन गाउँपालिकामा उल्लेखनीय जनसहभागिता बाट ६६ लाख ३२ हजार ४ सय ७५ रुपियाँ जनश्रमदान बाट प्राप्त भएको बताउनुभयो।२०७९÷०८० मा योजना तर्जुमा बताएका सबै २ सय ३० ओटै योजनाको पुस मसान्तसम्म सम्झौता गर्ने योजना गाउँपालिकाले लिएको समेत बताउनुभयो । त्यस्तै अनुगमन र मुल्यांकनलाई प्रभाबकारी बनाउने योजना शाखाले लक्ष्य लिएको र प्रधानमन्त्री रोजगार कार्यक्रमको ९८ लाख ४७ हजार बजेट रहेको छ । जसमा ५४ योजना रहेको समेत बताउनुभयो।हिजो पुष २६ गतेसम्म ४४ योजना सम्झौता भएको र बाँकी सबै पुष मसान्तसम्म सम्झौता गरि सक्ने समेत बताउनुभयो।सामाजिक सुरक्षा अन्तर्गत प्रथम र दोस्रो कोनोनिका बाट निकासा गरेर बैंकमा पठाइसकेको समेत बताउनुभयो ।

विपद व्यवस्थापन तर्फ यो बर्ष ३८ लाख ४६ हजार ९ सय ३५ रुपियाँ विनियोजन गरेको र त्यो सबै खर्च गर्न सफल भएको समेत बताउनुभयो।पुष मसान्तसम्मको जनप्रतिनिधिको सेवा सुविधा भत्ता भुक्तानी गरि सकेको छ भने गाउँपालिकामा कार्यरत कर्मचारीको समेत सेवा सुविधा भत्ता भुक्तानी गरि सकेको र शिक्षकको प्रथम निकासा मात्र भुक्तानी भएको बताउनुभयो । सबै वडामा अनलाइन सफ्टवेयर सञ्चालनमा ल्याएको र वडा कार्यालयलाई सुशासनयुक्त बनाउन सबै वडा कार्यालयमा सिसिटिभी जडान गरि सञ्चालनमा ल्याएको समेत बताउनुभयो ।

 


कृषि तर्फ थप कृषि मस्यौदा निर्माण गर्ने तयारीमा रहेको छ । गाउँपालिकाले कार्यालय बाट हुने सेवा प्रधानलाई थप प्रभावकारी बनाउने छ भने रेडियो कार्यक्रम परिवर्तन सम्वाहक, दशै तिहार र छठ पर्वको अवसरमा बजार अनुगमन गरि बरामद भएका सामानहरु नष्ट समेत गरेको छ । साथै गुनासोको लागि टोलफ्रीको नम्बरको व्यवस्था समेत गरेको छ,उपभोक्ता समितिलाई अभिमुखीकरण तालीम दिई सकेको छ भने श्रमलाई ध्यानमा राखेर श्रम–डे समेत मनाइ सकेको बताउनुभयो ।

गाउँपालिकामा भएको बेरुजुलाई अबको केही महिनामै शून्यमा ल्याउने समेत बताउनुभयो।अहिले सम्म कुल चालू तर्फ ३४ करोड १ लाख ६४ हजार ९ सय ८९ अर्थात १०.५६(प्रतिशत)मा ८ करोड २१ लाख १९ हजार १९ रुपियाँ अर्थात(३४.३४) प्रतिशत खर्च भइसकेको छ।पुँजीगत तर्फ १७ करोड ४० लाख ४० हजार ७ सय १० रुपियाँमा २ करोड ६१ लाख ८१ हजार ६ सय ६५ रुपियाँ अर्थात (१५.०४ प्रतिशत) खर्च भएको समेत बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array