Ad image

रोल्पा नगरपालिका वडा नं ४ भित्र रहेका पसलहरूको आज अनुगमन

मालश्री खबर
मालश्री खबर २७ पुष २०७९, बुधबार
2 Min Read
Aa

 

किरणबाबु वली/मालश्री खबर,पुष २७ गते रोल्पा ।
रोल्पा नगरपालिका वडा नं ४ भित्र रहेका पसलहरूको आज अनुगमन गरीएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाको आयोजनामा विभिन्न संघ सस्था र पसलहरुको अनुगमन गरिएको हो । यस अनुगमन कार्यमा उद्योग वाणिज्य संघ रोल्पा, नेपाल पत्रकार महासंघ रोल्पा, घरेलु तथा साना उद्योग रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पा, उपभोक्ता मञ्च र रोल्पा नगरपालिका लगएतको सहकार्य गरेका थिए ।

जिल्ला प्रशासन कार्यलयमा दर्ता भई संचालनमा रहेका संघ संस्थाहरु र रोल्पा नगरपालिका वडा नम्बर ४ मा दैनिक उपभोग्य बस्तुहरु बेचविखन गर्ने पसलहरुको टोलीले अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यलय रोल्पाका प्रशासकिय अधिकृत युवराज परियारको संयोजकत्वमा पसल तथा संघसस्थाको अनुगमन गरिएको बताईएको छ । अनुगमनमा खटिएको टोलीले आज २ वटा संघ संस्था र १५ पसलहरुको अनुगमन गरेको जनाएको छ ।

- Advertisement -
Ad image

अनुगमन गर्दा म्याद सकिएका दालमोठ अर्थात नमकिन १३ वटा, १३ पोका सुजी, ५÷५ केजीको मैदा ३ थैलो गरी १५ किलो ग्राम, २ पोका तेल, २ किलोग्राम चाउमिन र रियल फ्रूटी २ डिब्बा भेटाई नष्ट गरेको छ । उक्त नष्ट गरेका सामानको जम्मा मुल्या रु २ हजार ७ सय १५ रुपैया भएको टोलीले जनाएको छ । अनुगमन टोलीले सम्पुर्ण उपभोग्य व्यापारि तथा संघ संस्थाहरुलाई सामान खरिद गर्दा बस्तु उत्पादन मिति र म्याद सकिने मिति हेरी खरीद गर्न आग्रह गरेको छ ।

साथै आफुले बिक्रि गर्ने सामग्रीको म्याद सकिने मिति हेरी बेच्न अनुरोध गरेको छ । उपभोक्ता हित संरक्षणको लागि सम्पुर्ण व्यापारि प्रतिवद्ध हुनुपर्ने समेत बताएइएको छ । साथै उपभोक्ताले बस्तु खरीद गर्दा म्याद हेरेर मात्र खरिद गर्ने र म्याद गुज्रेका सामान भेटिएमा सम्बन्धीत निकायलाई खवर गर्न समेत आग्रह गरेको छ । बजार अनुगमन गरेपछि उक्त टोलीले विभिन्न निर्णयहरु समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array