Ad image

समुन्नति परियोजनाद्वारा वित्तीय साक्षरता सम्बन्धि तालिम रुन्टीगढीमा सुरु

मालश्री खबर
मालश्री खबर २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

कमल खड्का/मालश्री खबर,पुष २७ गते रोल्पा ।
रोल्पा पुस २६, समुन्नति परियोजना द्वारा रुन्टीगढीका कृषक समुहसँग २ दिने वित्तीय साक्षरता सम्बन्धि तालिम होलेरीमा सुरु भएको छ । यूकेएडको सहयोग तथा गाउँपालिका, सहकारी बैक, कृषक सुमुहको समन्वय एवंम विकास सरोकार समाज (डिकोस) र प्राक्तिकल एक्सन नेपालको सहजीकरणमा कार्यक्रम भएको हो ।

कार्यक्रममा कृषकहरुलाई वित्तीय साक्षरता परियोजना भनेको के हो, बैकं र वित्तीय संस्थाका लक्ष्य के कस्ता हुन्छन, ऋण बचत लगानी कसरी गर्ने, बजेटको सहि सदुपयोग कसरी गर्ने, कृषि तथा लैङ्गिक समान्ता भनेको के हो,सामाजिक समाबेशिकरण त्यस्तै सहकारी र वित्तीय संस्थाका बारेमा जानकारी गराईएको थियो । कृषकलाई कृषिबाट कसरी बढी भन्दा बढी फाईदा लिन सकिन छ भनेर समुहगत रुपमा छलफल गराइएको थियो । तालिममा रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का ३ वटा कृषक समुहबाट ३६ जना कृषकहरुको उपस्थिति रहेको थियो ।

जस्मा हरियाली कृषक समुह,नमुना कृषक समुह र साझा कृषक समुह गरि ३ वटा कृषक समुहहरुको सहभागिता रहेको थियो । तालिम लैङ्गिक समाजिक सामाजिक समावेशिकरण अनुगमन मुल्याङ्कन अधिकृत (GESI/M.E) दिल कुमारी बुढा बाट दिईएको थियो । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको सभापत्तित्वमा भएको कार्यक्रमको सञ्चालन समुुन्नति परियोजनाको सामाजिक परिचालक यादव गिरीले गर्न भएको थियो । तालिम भोलि सम्म सञ्चालन हुने छ ।

- Advertisement -
Ad image

 

 

प्रतिक्रिया दिनुहोस्