Ad image

रोल्पामा भिर बाट लडेर एक जनाको मृत्यु

मालश्री खबर
मालश्री खबर २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर,पुष २७ गते रोल्पा ।
सुनछहरी गाँउपालिकामा भिर बाट लडेर एक जनाको ज्यान गएको छ । सुनछहरी गाँउपालिका वडा न. ५ पोबाङ निवासी अन्दाजी बर्ष ४२ का हिकलाल पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

सुन्छहरी गाँउपालिका वडा न. ५ कालीहाङ बाट बिजुलीको तार तान्ने काम गरीघर फर्कने क्रममा पौष २६ गते बुधबारका दिन साझ साढे ७ बजेको समयमा कालीहाङ स्थित बाटो बाट २० मिटर तल खसि घटना स्थलमै पुनको मृत्यु भएको रोल्पा जिल्ला प्रहरी प्रमुख बिनोद घिमिरेले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ ।

घटना घटेको जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय पोवाङ बाट प्रहरी बरिष्ठ नायव निरिक्षक सुर्यलाल गुरुङको नेतृत्वमा ३ जना प्रहरीको टोली घटना स्थल पुगेर मृतकको लास निकालेको बताइएको छ । घटनाको थप अनुसन्धान भई रहको र मृतकको लास लाई पोेष्ट माटमको लागी रोल्पा अस्पताल रेउघामा ल्याइएको रोल्पा जिल्ला प्रहरी प्रमुख घिमिरेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्