Ad image

खेलकुद क्षेत्रको विकास गर्न गाउँपालिकाले खेलकुद कार्यविधि निर्माण गरेको छ — गाउँपालिका अध्यक्ष बुढा

मालश्री खबर
मालश्री खबर २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

 

सुर्य प्रकाश बुढा मगर,पुष २४ गते, रोल्पा ।
परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले सयपत्री समाज सुधार युवा सञ्जालको प्रथम वार्षिकोत्सब समारोहको उद्घाटन गर्दै खेलकुदलाई विकास गर्नको लागि परिवर्तन गाउँपालिकाले खेलकुद कार्यविधि निर्माण गरेको समेत बताउनुभयो ।

परिवर्तन गाउँपालिकाको सबै वडामा खेल विकासका र खेलाडी उत्पादनका लागि प्रत्येक वडामा खेलकुदको आयोजना गर्ने समेत बताउनुभयो । साथै परिवर्तन गाउँपालिकाले माघ महिनाको पहिलो हप्तामा शिक्षाको विज्ञ लिएर शैक्षिक सम्मेलन गर्नेमा जोड दिनु भयो । शिक्षामा सुधार ल्याउन र व्यावहारिक शिक्षा बनाउनको लागि सम्मेलन गर्ने कुरा बताउनुभयो ।

- Advertisement -
Ad image

 

अबको शिक्षा र सडक राम्रो बनाउनको लागि बजेटमा ध्यान दिनुपर्ने समेत बताउदै,बजेट भन्दैमा नखस्ने समेत बताउनुभयो । संघीयता भनेको स्रोत,साधनलाई वृद्धि गर्ने भएको बताउनु भयो । बुढा मगरले हिउँदे अधिवेशनमा नीति नियम बनाउने भएकोले बजेटले भ्याएसम्म खेलकुद मैदान निर्माण हुने र नभ्याएमा आगामी आर्थिक वर्षमा निर्माण हुने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array