Ad image

सिहंदरवारको अधिकार गाउँ गाउँमा आए तर समस्या भने उस्तै

मालश्री खबर
मालश्री खबर २४ पुष २०७९, आईतवार
2 Min Read
Aa

 

सुर्य प्रकाश बुढा मगर,पुष २४ गते रोल्पा ।

सयपत्री समाज सुधार युवा सञ्जाल परिवर्तन गाउँपालिका–३ उपल्लो केवरी रोल्पाको प्रथम वार्षिकोत्सबको उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष बिनोद चन्दले अहिलेको समयको आवश्यकता प्रतिसपर्धा गर्नुपर्ने बताउनुभयो । अहिले पनि सिहंदरवारको अधिकार गाउँ गाउँमा आएको भन्ने कुराले केहि परिवर्तन नगरेको बताउदै शिक्षा, स्वास्थ्य लगायतमा समस्या उस्तै भएको बताउनुभयो ।

- Advertisement -
Ad image

उहाँले भन्नुभयो–अरु जिल्लाका विद्यालयमा अध्ययन गरेका विद्यार्थीले लोकसेवामा निकाल्ने र रोल्पामा अध्ययन गरेका विद्यार्थीले लोकसेवामा फेलहुनु दुःखद पक्ष भएको बताउनुभयो । अबको शिक्षा समाजवाद उन्मुख हुनुपर्नेमा जोड्दिनु भयो ।

 

विशिष्ट अतिथि परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्दलेखेलकुदलाई कसरी माथि उठाउने र समाजलाई कसरी परिवर्तन गराउने भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनुभयो । सयपत्री समाज सुधार युवा सञ्जाल परिवर्तन गाउँपालिका–३ उपल्लो केवरी रोल्पाको प्रथम वार्षिकोत्सबको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।

 

साथै गाउँपालिकाले सञ्चालन गरेका अभियानलाई सफल बनाउन सबैको दायित्व भएको समेत बताउनुभयो।उहाँले भन्नुभयो–राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने भावलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने समेत बताउनुभयो।

अर्का विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय समिति सदस्य दिनेश विक्रम चन्दले अहिलेका युवा भबिस्यको कर्णधार भएको समेत बताउनुभयो । अहिलेका राजनीतिक दलबाट आएकोले समाज परिवर्तन गर्न नसक्ने बताउदै, भन्नुभयो–नेपाली जनताले राजनीतिक दल प्रति विश्वास गर्ने आधार नभएको जिकिर समेत गर्नुभयो । अहिलेको राष्ट्रिय राजनीति सत्ता स्वार्थ र पदको फाइदाका लागि मात्र भएको समेत बताउनुभयो।साथै संसदीय व्यवस्थाका लागि अर्को विकल्प खोज्नुपर्नेमा जोड्दिनुभयो ।

नेपाललाई दलाल पुँजीवादले गर्दा देश खुक्लो पारेको बताउदै भने–पहिले नेकपा एमालेसँग पानी बाराबारको अवस्थामा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष सत्ताका लागि गठबन्धन गर्दै आएको नेपाली कांग्रेस पार्टीलाई छाडेर पूर्ण गठबन्धन गर्न पुगेको समेत बताउनुभयो। यो गठबन्धन धेरै लामो समयसम्म नजाने र अब नेपालमा ढिलो चाडो छिट्टै वैज्ञानिक समाजवाद आएको नारा घन्किने समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

Array