Ad image

सयपत्री समाज सुधार युवा सञ्जालको प्रथम वार्षिकोत्सव एक कार्यक्रमका बिच उद्घाटन

मालश्री खबर
मालश्री खबर २४ पुष २०७९, आईतवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,पुष २४ गते, रोल्पा ।

सयपत्री समाज सुधार युवा सञ्जाल परिवर्तन गाउँपालिका–३ उपल्लो केवरी रोल्पाको प्रथम वार्षिकोत्सबको उद्घाटन भएको छ । आइतबारका दिन श्री राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा उद्घाटन भएको हो। सयपत्री समाज सुधार युवा सञ्जालका अध्यक्ष मधुकर चन्दको अध्यक्षतामा भएको वार्षिकोत्सब उद्घाटन समारोहमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो भने परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्द,नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय समितिका सदस्य दिनेश विक्रम चन्द र गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष बिनोद चन्दको विशिष्ट आतिथ्यता रहेको थियो ।

  

 

- Advertisement -
Ad image

“समुन्नत समाज सभ्य संस्कृति,जुटौं युवा हटौंऔ विकृति“भन्ने मुल नाराका साथ सुरु भएको युवा सञ्जालका सचीव अनिल पुनमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नागरिक, बुद्धिजीवी, समाजसेवी, खेलाडी ,झाँक्री समूह, पैसारु समूह, शिक्षा, विद्यार्थी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सब उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने अतिथिमा नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सदस्य कृष्ण बहादुर सुनार(क.रणभूमी),नेपाली कांग्रेस परिवर्तन गाउँपालिका–३ का उपसभापति रण बहादुर चन्द,नेकपा एमाले परिवर्तन गाउँपालिकाका अध्यक्ष प्रदीप डाँगी,नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँपालिकाका इन्चार्ज पृथ्वी विक्रम डाँगी लगायतले आफ्ना महत्त्वपूर्ण भनाइहरु राखेका थिए ।

सयपत्री समाज सुधार युवा सञ्जालको प्रथम वार्षिकोत्सब २४ गते देखि २८ गते सम्म जारी रह्ने छ।कार्यक्रमको सञ्चालन युवा सञ्जालका भूतपूर्व सचीव ज्योति प्रसाद पुन मगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्