Ad image

कृषि पेशा जीवन निर्भा मुखि मात्र भएकोे दाबी गर्दै, ब्यवसाय मुलक पेशा बनाउन अध्यक्ष पुनको सुझाब

मालश्री खबर
मालश्री खबर २३ पुष २०७९, शनिबार
2 Min Read
Aa

कमल खड्का / मालश्री खबर, पुस २३, रोल्पा ।
ब्यवसायिक ताजा तरकारी खेती प्रबिधी सम्बन्धि पालिका स्तरीय तालिम रुन्टिगढीमा सुरु भएको छ । तालिम ३ दिन सम्म हुनेछ । रोल्पाको रुन्टीगढी गाउँपालिका कृषि शाखा आयोजनामा तालिम सुरु भएको हो । तालिममा रुन्टीगढी गाउँपालिका भरिका बिभिन्न कृषि समुहका कृषकहरु उपस्थिति रहेको थियो ।

तालिममा बोल्दै गाउँपालिका अध्यक्ष जनक पुनले कृषि पेशा नेपालमा जीवन निर्भामुखि पेशा मात्र भएको कुरा उल्लेख गर्नु भएको छ । कृषि पेशालाई ब्यवसाय मुलक पेशा बनाउन यी यस्ता तामिमले महत्वपूर्ण भुमिका खेल्ने जानकारी गराउनु भएको छ । तर त्यसको लागि कृषक नै जागरुप हुर्ने बताउनु भयो । कृषि पेशालाई ब्यवसाय मुलक बनाउन चाहाने कृषकलाई आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको समेत जानकारी गराउनु भएको छ ।

पालिकाका प्रमुख प्रसासकीय अधिकृत रेमन्त बहादुर डागीले कृषकहरु उत्पादन बृद्धिको आसले ज्यादा बिषादी प्रयोग गर्दै आएको कुरा उल्लेख गर्दै बिषदी यूक्त तरकारी प्रयोगले स्वाथ्यमा प्रति कुल असर पार्ने बताउनु भयो । कतिपय कृषकहरुले स्वास्थमा असर हुन्छ भन्ने कुरा जान्दा जान्दै पनि हामीले खाने होइनौ भनेर अत्याधिक बिषदी प्रयोग गर्दै आएको जानकारी गराउनु भयो ।

- Advertisement -
Ad image

बिषदी प्रयोग गरेको तरकारी कुनै न कुनेै ढङ्गबाट कृषक आफैले पनि प्रयोग गर्दै आएको कुरा बताउनु भयो । वर्षातको समयमा तरकारी बाहिर बेचे पनि हिउदको समयमा किनेर खाने हुदा बिषादी युक्त तरकारी किसानले समेत खाने गरेको जानकारी दिनु भयो । त्यसकारण कृषकले बिषदी कम गरेर उत्पादन गर्न सके राम्रो हुने कुरा उल्लेख गर्नु भयो । सकभर अर्गानिक तरकारी उत्पादन गर्न तिर लागे उचित हुने कुरा बताउनु भएको थियो । तालिम होलेरी जलजला होटेलको हलमा भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array