परिवर्तन गाउँपालिकाका पुष २४ गते देखि माघ ४ गते सम्म विद्यालय बन्द

मालश्री खबर
मालश्री खबर २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, पुस २२, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा पुष २४ गते देखि माघ ४ गते अर्थात ११ दिन गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु बन्द हुने बताइएको छ।यसै शैक्षिकसत्र देखि बर्खा र हिउँदमा गरी ४५ दिन बिदा दिने शिक्षा ऐनमै व्यवस्था भए अनुसार बिदा दिएको परिवर्तन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वलीले जानकारी दिनु भएको हो।

वलीले बताए अनुसार बर्खा बिदा १५ दिन श्रावण महिना गरि सकेको दशै तिहारमा १९ दिन बिदा गरेको र बाँकी ११ दिनलाई चिसो समयमा बिदा गर्ने निर्णय गरेको समेत बताउनुभयो।परिवर्तन गाउँपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुको पुष १२ गते बसेको बैठकले बिदा गर्ने निर्णय गरेको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताउनुभयो।

परिवर्तन गाउँपालिकामा सामुदायिक विद्यालयहरु ४३ वटा रहेका छन भने संस्थागत ३ वटा गरी जम्मा ४६ विद्यालय रहेका छन।संस्थागत विद्यालय भने बन्द नरहेको परिवर्तन गाउँपालिकाले बताएको छ।साथै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनको निर्णय अनुसार मात्र गर्नुपर्ने भएकाले गाउँपालिका सँग कुनै छलफल नभएको समेत बताइएको छ।आगामी बर्षमा संस्थागत विद्यालयहरुलाई पनि सामुदायिक विद्यालयको निर्णय भित्र समाबेश गर्ने समेत परिवर्तन गाउँपालिकाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्