Ad image

‘अमर ओमकला अक्षकोष’बाट बिपन्न विद्यार्थीलाई सहयोग वितरण

मालश्री खबर
मालश्री खबर २१ पुष २०७९, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, पुस २१, रोल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिका –४ बाग्मामा अवस्थित ‘अमर ओमकला अक्षकोष’बाट बिपन्न विद्यार्थीहरुलाई सहयोग वितरण गरिएको छ । सुलिचौरस्थित श्री सूर्योदय माध्यामिक विद्यालयका ३७ विपन्न विद्यार्थीहरुलाई कोषका तर्फबाट विद्यालय पोशाक र झोला बितरण गरिएको हो ।

विद्यालय प्रांगनमा एक कार्यक्रमको आयोजन गरी विद्यार्थीहरुलाई सो सहयोग वितरण गरिएको हो । विपन्न विद्यार्थीहरुलाई गरिने यस्ता सहयोगले उनीहरुको शैक्षिक गुणस्तरमा वृद्धि हुने र शिक्षामा सकारात्मक प्रभाव पार्ने प्रमुख अतिथिका रुपमा बोल्दै पालिका उपाध्यक्ष मिना थापाले बताइन् ।

त्यस्तै विद्यार्थीहरुको पठन पाठनप्रति मनोबल बढाइ शिक्षामा गुणस्तर वृद्धि बिकास गराउने उद्देश्यले नै यस अक्षकोषको स्थापना गरिएको वडा नं. ४ का अध्यक्ष ओविलाल बस्नेतले बताए । अध्यक्ष बस्नेतले यस वडामा रहेका सबै बिद्यालयहरुमा यस कार्यक्रम सम्पन्न गरिसकिएको बताए । उनले यस कार्यक्रमबाट धेरै विद्यार्थी लाभान्वित भएकोप्रति खुशी व्यक्त गरे ।

सो समारोहमा नेकपा माओवादी केन्द्रका प्रदेश प्रतिनिधि पूर्ण बहादुर ओली ‘ज्वाला’ले अक्षकोषको स्थापनाबारे जानकारी गराएका थिए । ‘अमर ओमकला अक्ष कोष’ अध्यक्ष बस्नेतका स्वर्गीय बाबु आमाको नामबाट स्थापना गरिएको कोष हो । अध्यक्ष बस्नेतका भाई झपेन्द्र थापाको पहलमा बाग्मा स्थिती श्री सरश्वती प्राथमिक बिद्यालयमा वि.सं. २०७५ मा ५ लाख राशीको सो कोष खडा गरिएको हो । त्यसयता हरेक वर्ष वडाभित्रका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार तथा सहयोग वितरण गर्दै आएको छ ।

- Advertisement -
Ad image

अक्षकोषले सूर्योदय माविमा सहयोग वितरण गर्नका लागि नेकपा (माओवादी केन्द्र)का पालिका सचिवालय सदस्य रुपलाल महराले पुलको काम हुन् । महराकै विशेष पहलमा सो विद्यालयका विद्यार्थीहरुलाई सहयोग वितरण गरिएको हो ।

बि.ब्य.स. अध्यक्ष खिमचन्द्र पुनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई बिद्यालय प्र.अ. बेगम कुवरले संचालन गरिका थिए । कार्यक्रममा शिक्षक/शिक्षिका, विद्यार्थी-अभिभावकहरुको उपस्थिती रहेको थियो । सहयोग पाएर विद्यार्थीहरु हर्षित देखिन्थे ।

ujyaalotvhd

प्रतिक्रिया दिनुहोस्

Array