Ad image

युनेस्कोका विषयहरुमा आधारित सार्वजनिक परीक्षण कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २० पुष २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर, पुस २०, रोल्पा । युनेस्कोका विषयहरुमा आधारित सार्वजनिक परीक्षण कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सिंहदरबार काठमाण्डौंको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । दिगो विकासका १७ वटा लक्ष्यहरुमध्ये गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउने उदेश्य स्वरुप यो कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।

   

कार्यक्रममा युनेस्कोका हरि खनालले सूचना तथा सञ्चार, संस्कृतिसांस्कृतिक सम्पदा, गुणस्तरीय शिक्षा,विश्व नागरिक, युनेस्को र सचिवालयका गतिविधिका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा युनेस्कोका ईन्दिरा खडकाले सञ्चालन गर्नुभएको थियो । नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख, गिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, नगर कार्यपालिकाका पदाधिकारीहरु, नगर शिक्षा समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रअहरु, बालविकासका शिक्षकहरुको सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

रोल्पा नगरपालिकाको हलमा सम्पन्न भएको कार्यक्रममा सहभागिहरुले रोल्पा नगरपालिकाको शैक्षिक सुधारसँगै बालविकासको कक्षालाइ प्रभावकारी बनाउनका लागि सबैको महत्वपुर्ण भुमिका हुनुपर्नेमा जोड दिएका थिए । युनेस्कोले रोल्पा नगरपालिकामा शैक्षिक गुणस्तरको क्षेत्रमा काम गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array