Ad image

सरोकारवालाहरु सँगको सर्वपक्षिय बैठक जिल्ला प्रसासन कार्यालय रोल्पामा सम्पन्न

मालश्री खबर
मालश्री खबर १९ पुष २०७९, मंगलवार
6 Min Read
Aa

मालश्री खबर, पुस १९, रोल्पा । 
प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाको अध्यक्षतामा बसेको सरोकारवालाहरु सँगको सर्बपक्षिय बैठकमा राजमार्ग सडकमा हुने अबरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहिको कार्यविधि २०७५ तथा सडक निर्माणमा हुने बाटो अबरोध र सो बाटो निर्माण बाट हुने क्षेतिको सम्बन्धमा बैठकमा छलफल भएको बताएको छ । बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले केहि स्थानिय सरकार प्रमुखहरुले लाइसेन्स बिना सञ्चालनमा आएका अटो सञ्चालन गर्नको लागी आग्रह गरेको भए पनि लाइसेन्स बिना सञ्चालनमा आएको अटोलाई रोक्न र बेला बेलामा छड्के अनुगमन गर्न समेत निर्देशन गरेको बताउनु भएको छ ।


लाइसेन्स बिना संचालनमा आएका कुनै पनि सवारी साधनहरु संचालनमो रोक लगाउने समेत प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताउनु भएको छ । आफु रोफ्ल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आए पछि आफ्नो एउटा मात्रै उदेश्य नागरिकको सेवा गर्ने भएको हुनाले आफु र जिल्ला प्रसासन कार्यालय बाट कार्यालय समय भन्दा बाहिर पनि नागरिकहरुको सेवा गरि राखेको बाउनु भएको छ । कहिले काँहि जिल्ला प्रसासन कार्यालय बाट हुने राहदानी लगाएतका सेवा प्रबाहमा त्यो कुनै कर्मचारीको लापरर्बाहिको कारणले भन्दा पनि माथि बाट सिस्टम नचल्दा समस्या आएको बताउनु भएको छ ।

आफुहरुले कुनै कारणले समयमा काम गर्न नसक्दा कति पयले गलत निहेतका साथ सिधै नेतालाई फोन गर्ने गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले गुनासो समेत पोख्नु भएको थियो । बरु कुनै कर्मचारीले समयमा काम नगरेमा आफु कँहा आएर गुणानो गर्न समेत आम सेवा ग्राहिहरुलाई आग्रह गर्नु भएको छ । आफु प्रमुख जिल्ला अभिधकारीको कुर्सिमा रहदा सम्म कसैको पनि दवाब र प्रलोभनमा नपरि निष्पक्ष रुपमा आम नागरिकको सेवा गर्ने समेत बताउनु भएको छ । नागरिकको सेवामा आफु चौबिसै घन्टा लाग्ने र रोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीको हैसियतले जिल्लाको समग्र बिकास र शान्क्ति सुरक्षा कायम गर्नको लागी खटन समेत बताउनु भएको छ । जिल्लाको बिकास निमार्ण, शान्ति सुरक्षा कायम राख्नको लागी पत्रकारहरुको महत्वपुर्ण भुमिका रहने भन्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले सबै पत्रकारहरुलाई सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

मंगलबार आज जिल्ला प्रसासन कार्यालय रोल्पामा बसेको सर्वपक्षिय बैठक बाट केहि महत्वपुर्ण निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले जानकारी दिनु भएको छ । प्युठान रोल्पा सडक खण्डमा सडक डिभिजन कार्यालय प्यूठानद्वारा प्युठानको चकचके देखि बड्डाँडाको बिचममा सडक निर्माण कार्यक्रलाई डिस्टप हुन नदिनको लागी निमार्ण कार्य शुरु भए देखि निर्माण कार्यलाई व्यबस्थित बनाउनको लागी त्यस सडग भएर चल्ने यातायातलाई व्यवस्थित गर्नको लागी विहान ६ बजे देखी ११ बजे सम्म र बेलुका ५ बजे देखी ९ बजे भित्रको समयमा मात्र यातायात संचालन गर्ने दिने निर्णय गरिएको बताइएको छ । बाटो बन्द अवधीमा एम्बुलेन्स सव वहान र सुरक्षा सम्बन्धी गाडीलाई प्राथमित्तामा आवत जावत गर्न व्यवस्था मिलाउने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भयो ।

- Advertisement -
Ad image

प्यूठान डिभिजन सडकबाट बाटो निर्माण गर्ने क्रममा रोल्पा नगरपालिका वडा न. ८ जंकोटमा विधुत प्राधिकरणको ट्रान्सफर्म निर्माण व्यवसायीको असावधानीले ढलेर क्षेती भएको हुनाले उक्ता ट्रान्समिटर मर्मत र स्थानान्तरण गर्न दुइ पक्ष बसेर समहती गर्न अनुरोेध गरिएको छ ।
आफ्नो इलाका वा क्षेत्र भित्र रहेका सडकको विवरण, बैकल्पिक सडकको विवरण अध्यावधिक गरी सडकलाई चालु अवस्थामा राख्न मर्मत सम्भार गर्नु गराउनु पर्ने वा अवरोध रहेको भए सोको विवरण तयार गरी जिल्ला प्रशासन कार्यालय सहित सम्बन्धित निकायमा पठाउने र समन्वय गर्ने निर्णय गरिएको छ । विपद्जन्य कुनै घटना वा परिस्थितिबाट सडक अवरोध भएको बाहेक अन्य कारणले सडक अवरोध भए÷गरेको अवस्थामा सडक अवरोध भएको २ घण्टा भित्र खुलाई सक्ने गरी पहल गर्ने निर्णय समेत गरिएको बताइएको छ ।


सडक प्रयोग तथा ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउन जिल्ला ट्राफिक कार्यालयले समुदायमा जनचेतना मूलक कार्यक्रम संचालन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पालाई अनुरोध गरिएको छ । यातायातका सवारी साधन चलाउने चालकको चालक अनुमति पत्र, ब्लु बुक, सीट क्षमता अनुसरा संख्या रहेनरहेको एवं तोकिएको भाडा दर भन्दा बढी लिए-नलिएको सम्बन्धमा नियमित छड्के चेक गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन समेत गरिएको जिल्ला प्रसासन कार्यालय रोल्पाले जानकारी दिएको छ ।

सर्वपक्षिय बैठकममा बटुक दल गण रोल्पाका सेनानी पुस्कर बिष्ट, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरिक्षक बिनोद घिमिरे, शसस्त्र प्रहरी बल रोल्पाका प्रहरी नायब उपरिक्षक भरत बहादुर बिसी, राष्टिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख अनुसन्धान अधिकृत चिरनजिबी बुढा, सडक डिभिजन कार्यलय प्युठानका कार्यालय प्रमुख बिरेन्द्र बहादुर चन्द, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, रोल्पा नगर पालिकाका प्रतिनिधी खिमा पुन ट्राफिक कार्यलय रोल्पाका प्रहरी सहायक निरिक्षक रन्जित आचार्य, नेपाल बिधुत प्राधिकरण रोल्पाका कार्यालय प्रमुख शम्भु प्रसाद मण्डल सडक डिभिजन कार्यलय प्युठानका इन्जीनिएर कमल पुन, जिल्लामा सञ्चालित यातायात व्यावसायि समितीको पदाधिकारी वा प्रतिनिधी लगाएत जिल्लामा क्रियाशिल पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

बैठकमा उपस्थित पत्रकारहरुले जिल्ला निर्माण हुनलागेका बिभिन्न विकास पुर्बाधार आयोजनाहरु समयमा सम्पन्न हुन नसक्नुको कारण, शान्तिm सुरक्षा, यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउने बारेमा चासो सहित आफ्नो जिज्ञासा र सुझाबहरु राखेको बताइएका नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array