Ad image

कसैको दबाबमा नपरी २४ सै घन्टा नागरिकको सेवा गरि रहेको छु – प्रजिअ सापकोटा

मालश्री खबर
मालश्री खबर १९ पुष २०७९, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, पुस १९, रोल्पा । 
कसैको दवाबमा नपरी २४ सै घन्टा नागरिकको सेवा निस्वार्थ भाबका साथ गरि रहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भएको । मंगलबार जिल्ला प्रसासन कार्यालय रोल्पामा सरोकारवालाहरु सँगको सर्बपक्षिय बैठकमा यस्तो कुरा बताउनु भएको हो ।

बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले केहि स्थानिय सरकार प्रमुखहरुले लाइसेन्स बिना अटो सञ्चालन गर्नको लागी आग्रह गरेको भए पनि लाइसेन्स बिना सञ्चालनमा आएको अटोलाई रोक्न र बेला बेलामा छड्के अनुगमन गर्न समेत ट्राफिक प्रहरीलाई निर्देशन गरेको बताउनु भएको छ ।

लाइसेन्स बिना संचालनमा आएका कुनै पनि सवारी साधनहरु संचालनमो रोक लगाउने समेत प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताउनु भएको छ । आफु रोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आए पछि आफ्नो एउटा मात्रै उदेश्य नागरिकको सेवा गर्ने भएको हुनाले आफु र जिल्ला प्रसासन कार्यालय बाट कार्यालय समय भन्दा बाहिर पनि नागरिकहरुको सेवा गरि राखेको बाउनु भएको छ ।

कहिले काँहि जिल्ला प्रसासन कार्यालय बाट हुने राहदानी लगाएतका सेवा प्रबाहमा त्यो कुनै कर्मचारीको लापरर्बाहिको कारणले भन्दा पनि माथि बाट सिस्टम नचल्दा समस्या आएको बताउनु भएको छ । आफुहरुले कुनै कारणले समयमा काम गर्न नसक्दा कति पय व्यतिले गलत निहेतका साथ सिधै नेतालाई फोन गर्ने गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले गुनासो समेत पोख्नु भएको थियो । बरु कुनै कर्मचारीले समयमा काम नगरेमा आफु कँहा आएर गुणानो गर्न समेत आम सेवा ग्राहिहरुलाई आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

आफु प्रमुख जिल्ला अभिधकारीको कुर्सिमा रहदा सम्म कसैको पनि दवाब र प्रलोभनमा नपरि निष्पक्ष रुपमा आम नागरिकको सेवा गर्ने समेत बताउनु भएको छ । नागरिकको सेवामा आफु चौबिसै घन्टा लाग्ने र रोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीको हैसियतले जिल्लाको समग्र बिकास र शान्क्ति सुरक्षा कायम गर्नको लागी हरक्षण खटने समेत बताउनु भएको छ । जिल्लाको बिकास निमार्ण, शान्ति सुरक्षा कायम राख्नको लागी पत्रकारहरुको महत्वपुर्ण भुमिका रहने भन्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले सबै पत्रकारहरुलाई सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array