Ad image

बैंक तथा वित्तीय संस्थामा भएको ब्याजदर बृद्धि तथा नेपाल राष्ट्र बैंकद्वारा जारी चालू पूँजी कर्जा निर्देशिकाको विरोधमा जिल्ला प्रशासन कार्यालय रोल्पामा धर्ना

मालश्री खबर
मालश्री खबर १९ पुष २०७९, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, पुस १९, रोल्पा । रोल्पा उद्योग वाणिज्य संघले बैक तथा वित्तीय संस्थाबाट भएको ब्याजदर बृद्धि तथा नेपाल राष्ट्र बैक द्वारा जारी चालु पुर्जी कर्जा निर्देशिकाको बिरोधमा कालो पट्टी बाधी ब्यानर तथा प्ले कार्ड बोकी धर्ना दिएको छ । उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशव कुमार आचार्यको नेतृत्वमा करिब ४० जनाको समुहले टुडिखेल देखि सात्ताले, सात्तालेबाट शिवालय हुँदै जिल्ला प्रशासन कार्यालयमा गएर धर्ना कार्यक्रम गरि प्राुख जिल्ला अभिकारी माफर्त नेपाल सरकार अर्थमन्त्रालय सिंहदवार काठमाण्न्डौ र नेपाल राष्ट्र बैक लाई ज्ञापन पत्र बुभनाईको रोल्पा उद्योग वाणिज्य संघले मालश्री खबरलाई जानकारी दिएको छ ।

कार्यक्रम रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशव कुमार आचार्य, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य किशोर कुमार आचार्य, रोल्पा उद्योग वाणिज्य संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगाएत उद्योगी व्यवसायहरुमको उस्थिति रहेको थियो । बजार परिक्रममा गरी १२ः५० बजे जिल्ला प्रशासन कार्यलयमा आई २ः०० बजे सम्म धर्ना बसी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा भनिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले मिति २०७९ कार्तिक १ गतेदेखि लागू हुनेगरी जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन, २०७९ प्रति रोल्पा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

- Advertisement -
Ad image

उद्योग व्यापार व्यवसायमा आएको मन्दीसँगै हुन गएको तरलताको अभावले समस्या झेलिरहेको निजी क्षेत्रलाई उत्साहित गराई लगानीमैत्री वातावरण सिर्जना गर्नुको साटो उद्योगी व्यवसायीहरुमाथि आहत पुग्नेगरी एक पक्षीय ढङ्गले बैंक तथा वित्तीय संस्थाहरुबाट अनुचित रुपमा गरिएको व्याजदर वृद्धि र आर्थिक मन्दी सहज नहुँदासम्म पुरानै अवस्था कायम गरी उद्योग व्यवसाय सञ्चालनमा सहजता ल्याउनुका साथै निम्न माग बमोजिम व्यवस्था हुनका लागि ज्ञापन पत्र पेश गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array