Ad image

उपभोक्ता समिति सचेतना कार्यक्रम रुन्टीगढी गाउँपालिकाको वडा नम्बर ८ मा सम्पन्न

मालश्री खबर
मालश्री खबर १९ पुष २०७९, मंगलवार
2 Min Read
Aa

कमल खड्का/  मालश्री खबर, पुस १९, रोल्पा ।
रोल्पाको रुन्टीगढी गाउँपालिकाको आयोजनामा उपभोक्ता समिति गठन, योजना सम्झौता,बजेट,जनश्रदान प्राबिधिक स्टिमेत सम्बन्धमा वडा नम्बर ८ मेलटाकुरामा “समाज परिवर्तन र दिगो विकासका लागि” उपभोक्त समिति सचेतना कार्यक्रम सम्पन्न भएको छ । उपभोक्ता समिति गठन गर्दा ३३ प्रतिशत महिला सहभागिता गराउनु पर्ने समेत जनकारी गराइएको थियो । उपभोक्ता समिति भनेको कुनै पनि विकास गरे पछि प्रत्यक्ष प्रयोग गर्ने वा उपभोग गर्ने समुह वा समुदाय पर्दछन ।

त्यसकारण आफ्नो ठाउँको विकास दिगो बनाउन लागि सचेत हुन समेत सुझाब दिईएको थियो । विकास दिगो बनाउनको लागि त्यस क्षेत्रकै उपभोक्ता समितिको महत्वपुर्ण भुमिका हुने हुदा प्राबिधिक स्टिमेत अनुसार काम गर्नको लागि सुझाब दिएको थियो ।

कुनै पनि योजना त्यस क्षेत्रका समुदायलाई फाईदा हुने हुदा त्यस योजनामा संलग्न तथा योजनाबाट लाभान्वित जनसमुदायले कम्तीमा १० प्रतिशत भन्दा माथि जनश्रमदान गर्नु पर्ने हुन्छ भनी प्रस्त पारिएको थियो । तर जनश्रमदान बजेटको मात्रा अनुसार १० देखि माथि २५ प्रतिशत सम्म हुन पनि सक्ने पनि जनकारी गराइएको थियो । जनश्रमदान बजेटको मात्रा निर्भर रहने समेत उल्लेख गरिएको थियो ।

- Advertisement -
Ad image

त्यसकारण सम्पूर्ण योजना प्राबिधिक स्तिमेत अनुसार हुने हुदा इमान्दारी पुर्वक धुक्क भएर काम गर्न समेत उपभोक्ता समितिलाई निदेशन दिएको छ । उपभोक्ता समिति सदस्य सोहि समुदायका १८ वर्ष माथि ब्यक्ति,कुनै फौजदारी कसुर नलागेका र कुनै पनि कार्यलयको कर्मचारी नभएका कम्तीमा ७ जना अथवा त्यो भन्दा माथि हुनु पर्ने जानकारी गराउनु गराइएको थियो । भने विकास दिगो हुनु पर्ने कुरा पनि जोड दिइएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रसासकीय प्रमुख अधिकृत रेमन्त बहादुर डाँगीले योेजनाको कामहरु सबै कडा अनुगमन भइ भुक्तानी हुने हुदा अनुगमन गर्दा कमजोरी भटिएर भुक्तानी नभएमा त्यसको जफादेही उपभोक्ता समिति नै हुनु पर्ने कुर उल्लेख गर्नु भएको छ ।

त्यसैले उपभोक्ता समितिले सचेत भएर इमान्दारी पुर्वक काम सम्पन्न गर्न हुन अनुरोध गर्नु भएको छ । कार्यक्रम रुन्टीगढी गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत रेमन्त बहादुर डाँगीको प्रमुख आतिथ्यता एंवम वडा नम्बर ८ का अध्यक्ष तुलसी पुनको सभापतित्वमा सम्पन्न भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array