Ad image

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी चयन

मालश्री खबर
मालश्री खबर १८ पुष २०७९, सोमबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, पुस १८, रोल्पा । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली बहादुर चौधरीलाई चयन गरेको छ।सोमबार भएको संसदीय नेतामा सर्वसम्मत चयन भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशले जानकारी दिएको हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनलका अनुसार अनुसार चौधरी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएको बताउनुभएको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली बहादुर चौधरी सर्वसम्मत रूपमा चयन हुनु भएको छ,हामीले सहमतिमै दलको नेता चयन गरेका हौंूउनले भने।नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिनुभएको थियो ।

डिल्ली बहादुर चौधरी,राजु खनाल,अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी देखाएका थिए।डिल्ली बहादुर चौधरी नेपाली कांग्रेस दाङ प्रदेशसभा क्षेत्र नं. ३(क) बाट निर्वाचित प्रदेश सांसद हुन भने अर्का राजु खनाल नेपाली कांग्रेस दाङ प्रदेशसभा क्षेत्र नं. २(क)बाट निर्वाचित प्रदेश सांसद हुन भने अब्दुल रज्जाक नेपाली कांग्रेस रुपन्देही प्रदेशसभा क्षेत्र नं.१(ख) बाट निर्वाचित प्रदेश सांसद हुन र वीरबहादुर राना नेपाली कांग्रेस पाल्पा प्रदेशसभा क्षेत्र नं.२(क) बाट निर्वाचित सांसद हुनुहुन्छ। डिल्ली बहादुर चौधरीले आफू सबैको सहमति अनुसारनै संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको रेडियो मालश्री र मालश्री खबरलाई बताउनुभएको छ । जुन विश्वासका साथ आफूलाई जिम्मेवारी दिएको छ त्यो जिम्मेवारी कुशलता पूर्वक बह्न गर्ने समेत बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

Array