Ad image

घरेलु तथा साना उद्योग कार्यालय र उद्यम बिकास सहजकर्ता बिचको सम्बन्ध नङ र मासु भएको कार्यालय प्रमुख शर्माको भनाई

मालश्री खबर
मालश्री खबर १८ पुष २०७९, सोमबार
2 Min Read
Aa

मालश्री खबर, पुस १८, रोल्पा । घरेलु तथा साना उद्योग कार्यालय र उद्यम बिकास सहजकर्ता बिचको सम्बन्ध नङ र मासुको भएको कार्यालय प्रमुख तारा प्रसाद शर्माको भनाई रहेको छ । सरिकोटले एस.आइ.वाइ.बी तालिमको समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको छ । रोल्पामा यस्ता खालको तालिम अहिलेसम्म कुनै पनि संस्थाले नगरेको तालिम सरिकोट पोलिटेक्निकल इन्ष्टिच्यूटले गरेको समेत कार्यालय प्रमुख शर्माले बताउनुभएको थियो । उहाँले उद्यम विकास सहजकर्ता उद्यम तथा व्यवसायको क्षेत्रका लागि आवश्यक जनशक्ति मानिन्छ ।

देशमा व्याप्त गरीबी तथा बेरोजगारी समस्या समाधानका लागि समेत यस्ता जनशक्तिको महत्वपूर्ण भूमिका हुने गरेको घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तारा प्रसाद शर्माले बताउनुभएको छ । उहाँले कार्यक्रममा बोल्दै उद्यम व्यवसाय गर्न चाहने विपन्न समुदायका महिला, दलित गरीब तथा पिछडिएका वर्गलाई परामर्श, ज्ञान, सिप प्रदान गरी उद्यम व्यवसायमा प्रोत्साहित गर्न सामाजिक परिचालकको रुपमा यस्ता जनशक्ति सक्षम हुन्छन् ।

उक्त कार्यक्रममा उहाँले उत्पादनको बजारीकरण, उपयुक्त प्रविधिको प्रयोग र संस्थागत विकासमा समेत तिनले सहयोग गर्छन् । स्थानीय स्रोतसाधनको उपयोगबाटै रोजगारी सृजना हुँदा बेरोजगारी समस्या कम हुन्छ । स्थानीय कच्चापदार्थको प्रयोगबाट आयआर्जन बढाउन सके सम्बन्धित क्षेत्रका बासिन्दाको जीवनस्तर उकासिन्छ उहाँले, भन्नुभयो, यस कार्यमा समेत उद्यम विकास सहजकर्ताले विशेष भूमिका निर्वाह गर्न सक्छन् । यो १० दिने तालिमले पनि दक्ष जनशक्ति उत्पादन गरोस् कार्यालय प्रमुख शर्माले बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्