Ad image

लुम्बिनी वाङमय प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन तथा स्वागत एवम रचना वाचन रोल्पामा सम्पन्न

मालश्री खबर
मालश्री खबर १७ पुष २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, पुस १७, रोल्पा । लुम्बिनी वाङमय प्रतिष्ठानको प्रथम जिल्ला अधिबेशन तथा स्वागत एवम रचना वाचन कार्यक्रम रोल्पाको लिबाङमा सम्पन्न भएको छ । राप्ती राहित्य परिषद रोल्पाको आयोजनामा आयोजित कार्यक्रमको अध्यक्ष लुम्बिनी वाङ्मय प्रतिस्ठानकी उपाध्यक्ष कविता उपाध्यय रहनुभएको थियो ।

रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रमको अन्य अतिथिहरुमा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, बटुक दल गण रोल्पाका प्रमुख सेनानी पुष्कर बिष्ट, ससस्त्र बल रोल्पाका प्रमुख भरत बहादुर बिसी, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढामगर लगाएत अग्रज साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

साहित्यकार लुम्बिनी वाङमय प्रतिष्ठनाका अध्यक्ष ऋषी आजादको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रको संचालन राप्ति साहित्य परिष्दका जिल्ला सचिव तिलक घर्तिमगरले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अथितिहरुले साहित्यको क्षेत्रबाट पनि हाम्रो देश नेपाललाई चिनाउन ठुलो भुमिका निभाइरहेको बताएका थिए ।

- Advertisement -
Ad image

साहित्य सिर्जनाले मानिसलाई जिम्मेवार, लगनशिल, अनुसाशित पनि बनाउने र माया प्रेम मात्र नभएर हरेको बिषय बस्तुलाई साहित्य क्षेत्रबाटै चिनाउन सकिने भनाई रहेको छ । कार्यक्रममा रोल्पा उद्योग वाणिज्य संघ रोल्पा अध्यक्ष केशब कुमार आचार्य, नेपाल पत्रकार महासङ्ग रोल्पाका अध्यक्ष नविन लोचन मगर, बरिष्ठ लेखक गणेश घिमिरे, वरिष्ठ साहित्यकार तथा जनसास्कृतिक महासघंका अध्यक्ष तिलक लामिछाने, लगाएतले शुभकामना मनतब्य राख्नुभएको थियो । उक्त अधिवेशन बाट आज नै अन्य कार्य समिति चयन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array