Ad image

रोल्पामा पनि राष्ट्रिय कुखुरा दिवस मनाइयो

मालश्री खबर
मालश्री खबर १७ पुष २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, पुस १७, रोल्पा । विभिन्न कार्यक्रमको आयोजना गरी आज राष्ट्रिय कुखुरा दिवस रोल्पामा पनि मनाइएको छ । कार्यक्रमको अध्यक्षता भेटेरेनरि अस्पताल तथा पशु सेवा केन्द्र विज्ञ रोल्पाका कार्यालय प्रमुख सुकइ प्रसाद थारु रहनुभएको थियो । कार्यक्रमको प्रमुख अथितिमा जिल्ला समवन्य समितिका उपप्रमुख कर्मलाल परियार भने कार्यक्रमको बिशिष्ट अथितिमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा रहनुभएको छ ।

अन्य अथितिहरुमा बाल कल्याण नमुना मावीका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसाल लगाएत जिल्लामा सञ्चातिल मिडियामा आबद्ध सञ्चारकर्मीको समेत उपस्थिति रहेको कार्यालयले मालश्री खबरलाई जानकारी दिएको छ । कार्यक्रममा बाल कल्याण नमूना मावीमा अध्ययनरत अपांगता भएको २७ जना बिद्यार्थिहरुलाई एक एक केयारेट अण्डा वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै अथितिहरुले एकातिर दिवस सम्पन्न भयो एकातिर अपांग भएको व्यक्तिहरुलाई राहात प्राप्त भएको अथितिहरुको भनाई रहेको छ । कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याएको कुखुरा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी राष्ट्रिय कुखुरा दिवस मनाइएको हो । वि.सं २०७० मा सरकारले पुस १७ गतेलाई राष्ट्रि दिवस मनाउने घोषणा गरेको थियो । जिल्लाका कुखुरासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।

- Advertisement -
Ad image

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पा एवं निजी क्षेत्रको सहभागितामा अन्तर्क्रिरयात्मक कार्यक्रम गरी कुखुरा दिवस मनाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख सुकई प्रसाद थारुले बताउनुभएको छ । किसान धेरै भएको क्षेत्रमा कुखुरो विकासका लागि यो वर्ष रोल्पामा कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख थारुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्