Ad image

फूल खेतिमा जोड दिँदै खुँग्रीका महिलाहरु

मालश्री खबर
मालश्री खबर १६ पुष २०७९, शनिबार
4 Min Read
Aa

मालश्री खबर, पुस १६, रोल्पा ।  भारतबाट भित्रिने प्लाष्टिकको मालालाई प्रतिबन्ध लागउनु पर्छ भन्दै गर्दा सहास नेपालको सहयोगमा विभिन्न समुहले गाउँपालिका भित्रै फुल खेती सुरु गर्दा आफु निकै हर्षित भएको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम थापाले बताउनु भएको छ । कार्यक्र जागरणमा कुराकानी गर्ने क्रममा अध्यक्ष बुढाथोकीले यस्तो कुरा बताउनु भएको हो । स्थानिय स्तरमै फुल उत्पादनमा जोड दिएमा फुलमा आत्मनिर्भर बन्ने र प्लाष्टिकको मालालाई प्रतिबन्ध लगाउनमा सहयोग पुग्ने वुढाथोकीको भनाई छ ।

अन्य देश बाट आयत हुने प्लाष्टिकको मालालाई पुर्ण रुपमा प्रतिबन्ध लागउने हो भने स्थानिय स्तरमै उत्पादित फुलले सहजै रुपमा बजार पाउने उहाले बताउनु भयो । फुल खेतीलाई अझै व्यवस्थित गर्न सकेमा जिल्लामा खपत भएर बचेको फुललाई जिल्ला बाहिर सम्म पनि पु¥याउन सकिने उहाँको भनाई छ । बुढाथोकीले सम्पुर्ण गाउँपालिका बासीलाई नगद आर्जन गर्न सकिने खालका बालीनाली लगाई आर्थिक उपार्जन गर्न आग्रह समेत गर्नु भयो । सहास नेपालले कृषि क्षेत्रमा पु¥याएको योगदान मात्र नभई किशोर किशोरीहरुलाई सम्बाद समुह माफर्त थप सवल र चेतनशिल बनाएकोमा कृतज्ञता व्यक्त गर्नु भएको छ ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ का महिला समुहहरुले गरेको ब्यवसायीक फुल खेतिबाट आय आर्जन गरिरहेकाले अन्य वडाका महिला दिदि बहिनीहरुले पनि यस्तै कार्य सिकेमा जिविकोपार्जनका लागि थप सहज हुने अध्यक्ष बुढाथोकीको भनाई छ । सहास नेपालले गर्दै आएका यी कार्यहरुमा गाउँपालिकाले सधै साथ र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उहाँले आफु निर्बाचित भए यता विभिन्न सभा, सम्मेलन, गोष्ठिमा प्लाष्टिकका मालालाई प्रतिबन्ध गरी स्थानिय स्तरमै उत्पादित फुलकै मालाहरु लगाउने गरेको बताउनु भयो ।

जिबिकोपार्जनको आधार तरकारी खेति, कुखुरा पालन, मसला बाली, माहुरी पालन संगै फुल खेति पनि हुन सक्ने भएकाले सहासले ब्यवसायीक फुलखेति कार्यक्रम लिएको सहास नेपाल रोल्पाका सिड्स कार्यक्रम जिविकोपार्जन अधिकृत प्रेम श्रेष्ठले बताउनु भयो । सुनिलस्मृती गाउँपालिको वडा नम्बर २ मा फुलखेतीको बारेमा अध्ययन गरेर नै फुल खेतीको लागि महिला दिदि बहिनीलाई प्रेरीत गरेको बताउनु भयो । सहास नेपालले ल्याएको फुल खेती कार्यक्रम प्रति सुवर्णावती स्वाबलम्बन समुहको धारणा सकरात्मक रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

हजारी फुल भनेर चिनिए पनि फुलको पनि धेरै प्रकार हुन्छन् भन्ने कुरा सहास नेपालले चिनाएको सुवर्णावती स्वाबलम्बन समुहकी अध्यक्ष गिता योगी गिरीले बताउनु भयो । सहास नेपालले नै विभिन्न विउ विजन बितरण गरेर फुल खेति गर्नमा सहयोग गरेको योगीले बताउनु भएकोे छ । परम्परागत तरिका बाट घरकै वरीपरी फुल लगाउदै आएको भएता पनि व्यस्थित रुपमा फुल खेति गर्ने तरिका सहासले सिकाएको उहाको भनाई छ । सुवर्णावती स्वाबलम्बन समुहले एक रोपनी जग्गामा फुल खेति गर्न सुरुवात गरेको थियो । समुहले गत तिहारमा मात्रै ४३ हजार आम्दानी गरेको योगीले बताउनु भयो । अहिले बेमौसमी सिजनमा पनि फुलको माग भईरहेको बताउनु भयो । योगिले समुहमा आबद्ध नभएका दिदि बहिनीलाई पनि आफ्नै बारीमा फुल खेति गर्न आग्रह गर्नु भएको छ । फुल उत्पाद भईसकेपछि त्यसको बजार व्यबस्थापनको लागि समुहले जिम्मेवारी लिने भन्दै फुल खेति गर्नको लागि सहास नेपालले धेरै उत्साहित गरेको बताउनु भयोे ।

साहस नेपालले सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमहरु मध्य फुल खेतिले राम्रै आम्दानि हुने गरेको सुवर्णावती स्वाबलम्बन समुहकी सदस्य पार्वति गिरीले बताउनु भयो । सामुहिक रुपमा फुल खेति गर्दै आउनु भएकी पार्वतिले अब आ—आफ्ने बारीमा पनि सबैले फुल खेति गर्ने सोच बनाउदै आएको बताउनु भयो । अन्य खेती भन्दा फुल खेती गर्न सहज, सरल र कम झन्जटिलो भएको अनुभब समेत उहाले सुनाउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array