Ad image

शिक्षा जीवन जीउने कला रहेको जिल्ला समवन्य समितिका उपप्रमुख परियारको भनाई

मालश्री खबर
मालश्री खबर १६ पुष २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर, पुस १६, रोल्पा । शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग रहेको जिल्ला समवन्य समितिका उपप्रमुख कर्मलाल परियारले बताउनुभएको छ । शिक्षा जीवन जीउने कला रहेको समेत उहाँले बताउनभुएको छ । होली भिजन इङग्लिस बोडिङ स्कुलको १७ बार्षिकोत्वस समारोह कार्यक्रमलाई सम्बोधन गर्ने जिल्ला समवन्य समितिका उपप्रमुख परियारले यस्तो बताउनुभएको हो ।

कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ त्यही शिक्षा हामीलाई आवश्यक पर्छ उपप्रमुख परियारले, भन्नुभयो’ शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छन् । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ ।

सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । शिक्षाले नै मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्छ । शिक्षा सिकाइ जीवनभर चलिरहन्छ उपप्रमुख परियारले बताउनुभयो । शिक्षा प्राप्त गरि सके पछि मान्छेहरु पाइलट, इन्जिनियर, डाक्टर लगायत आफनो क्षेत्र रोज्न सक्छन् आफनो जिवन चलाउने आधार बनाउछन् उहाँले बताउनुभएको छ ।

एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यक हुन्छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array