Ad image

होली भिजन इङग्लिस बोडिङ स्कुल लिबाङ रोल्पाको १७ औं बार्षिकोत्सव सम्पन्न

मालश्री खबर
मालश्री खबर १६ पुष २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, पुस १६, रोल्पा । “A School Of Qoality Educatiom For Qoality life” भन्ने मुल नाराका साथ होली भिजन इङग्लिस बोडिङ स्कुल लिबाङ रोल्पाको १७ औं बार्षिकोत्सव एक कार्यक्रमका बिच सम्पन्न भएको छ । उक्त स्कुलले बिभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि आफनो १७ औं बार्षिकोत्सव समापन गरेको हो । कार्यक्रमको अध्यक्षमा बिद्यलाय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुबेदी रहनुभएको थियो भने कार्यक्रमको प्रमुख अथितिमा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति रहनुभएको बिद्यलायले मालश्री खबरलाई जानकारी दिएको छ ।

 

कार्यक्रमको बिशिष्ट अथितिमा जिल्ला समवन्य समितिका उपप्रमुख कर्मलाल परियार रहनुभएको बताइएको छ । कार्यक्रमको अन्य अथितिमा स्कुलका प्रिन्सिपल ओमप्रकाश खत्री, नेपाल रेडक्रस सोसाइटी रोल्पाका कोषध्यक्ष भिम बहादुर पुन, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाली काँग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्य लगाएत बिभिन्न मिडिया आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रिन्सिपल ओम प्रसाद खत्रीले स्कुलको २०७८÷७९ को बार्षिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

- Advertisement -
Ad image

१७ औ बार्षिकोत्सवको अवसरमा मावि स्तरिय छात्र फुटबल प्रतियोगिता, मावि स्तरिय छात्रा मिनिफुटबल प्रतियोगिता, माबि स्तरीय नृत्य प्रतियोगित, आधारभुत तह स्तरिय हाजिरी जवाफ प्रतियोगिता र प्रावि स्तरीय बालगित प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बिभिन्न प्रतियोगितामा बिजेता भएकाहरुलाई पुरस्कार, मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरिएको स्कुलले जानकारी दिएको छ । कार्यक्रममा बिजेताहरुलाई अबिर ल्यापन तथा माला प्रमुख अथिति र अन्य अथितिहरुले गरेका थिए ।

उक्त कार्यक्रमको सञचालक शिक्षक रेखा नेपाली र दिपेन्द्र शर्माले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अन्य अथितिहरुले अहिले सम्म कार्यक्रमको आयोजना गरेपनि बिद्यालयको प्रतिवेदन प्रस्तुत नगरेको बताएका छन । यो बिद्यालयले गरेको काम प्रति आफु सरानीय रहेको अथितिहरुको भनाई रहेको छ । स्कुलले १७ बर्ष पुरा गरेको यो अवसरमा स्कुलका शिक्षकहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न बाल नृत्य तथा गितहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array