Ad image

समाजमको अग्रगामी परिवर्तन र समयानुकूल रुपान्तरणका लागि शिक्षा प्रमुख श्रोत रहेको मेयर थापाको भनाई

मालश्री खबर
मालश्री खबर १६ पुष २०७९, शनिबार
1 Min Read
Aa

मालश्री खबर, पुस १६, रोल्पा । होली भिजन इङग्लिस बोर्डिङ स्कुलको १७ औं बार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तिले समाजको अग्रगामी परिवर्तन र समयानुकूल रुपान्तरणका लागि शिक्षा प्रमुख साधन, शिक्षाकर्मी र विद्यार्थी साधक र शिक्षित समृद्ध समाज साध्य भएको बताउनुभयो ।

उहाँले नेपालको शैक्षिक इतिहासमा सबैभन्दा लामो इतिहास बोकेको होली भिजन बिद्यलायबाट उत्पादित जनशक्तिले हालसम्म स्वदेश र विदेशका महत्वपूर्ण क्षेत्रहरुमा योगदान गरिसकेको चर्चा गर्दै आगामी दिनमा पनि होली भिजन बिद्यलाय लिबाङबाट क्षमतावान् र ऊर्जाशील जनशक्ति उत्पादन गरिहरेको र गर्ने समेत अपेक्षा गरिएको बताउनुभयो ।

सामाजिक परिवर्तनका लागि शिक्षा अपरिहार्य आवश्यकता भएकामा जोड दिँदै नगर प्रमुख थापाले भन्नुभयो, “शिक्षाको विकासमा हाम्रा जनशक्तिलाई विश्वको सबै समाजमा कार्य गर्न सक्ने गरी सक्षम बनाउनु आवश्यक छ ।” उहाँले बताउनुभएको छ । एउटा आवासिय बिद्यलायलाई जिल्ला स्तरमा प्रतिस्पर्धात्मक एवम् समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्न उत्कृष्ट शैक्षिक संस्थाका रुपमा विकसित र परिमार्जित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array